धरानमा मिनी लुम्बिनी बन्‍ने

धरान : बौद्ध धर्ममा पर्ने चारधाम धरान ८ स्थित बौद्ध दाहसंस्कार स्थलमा बन्ने भएको छ ।

चारधाम बनाउने उद्देश्यले मंगलबार निर्माण स्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । बौद्ध चार धाम बनाउनको लागि समेत लक्ष्य गर्दै यहि असोज २५, २६ र २७ श्रद्देय गुरु विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोछेको उपस्थितिमा तिनदिने बुद्ध शिक्षा प्रवचनको आयोजना गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मिनी लुम्बिनीको रुपमा बिकास गर्नको लागि बुद्धले जन्म गरेको स्थान,ध्यान गरेको स्थान बोध गया,बुद्ध शिक्षा प्रचार गरेको स्थान शारनाथ र महापरिनिर्वाण भएको कुशिनगरको प्रतिरुप बनाउने कुरा बौद्ध दाहसंस्कारका अध्यक्ष कर्ण तमुले जानकारी दिएको छ।उनले दुई करोड ६८ लाखको डिपिआर बनाएको जानकारी दिए।मुख्यमन्त्री शेरधन राईले यसअघि नै शिलान्यास समेत गरिएको बौद्ध चारधामको लागि चालू आर्थिक वर्षम धरान उपमहानगरबाट १० लाख,प्रदेश सरकारबाट १० लाख र पर्यटन बोर्डबाट १० लाख गरि ३० लाख वजेट विनियोजन भएको बताए ।

आगामी २५ गतेदेखि शुरु हुने बौद्ध शिक्षा बारे मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने जनाएको छ। महायोगी राणाको विशेष आतिथ्यमा हुने बौद्ध शिक्षा प्रवचनमा ध्यान समेत हुने जनाएको छ भने दुईहजार बढिको उपस्तिथि रहने जानकारी दिएको छ।श्रीधर महायोगी पद्म शम्शेरको नाति रहेको बताए। राणा रिम्पोछेले २१ वर्ष अन्तर्ध्यान गरेको जसमा १२ वर्ष हिन्दु धर्मको र ९ वर्ष बौद्ध धर्मको अन्तर्ध्यान गरेको बताए।देशमा अशान्ती दिनदिनै बढ्दै गएकोले बुद्ध शिक्षा आवस्यक भएकोले प्रदेश १ भरी नै बुद्ध शिक्षा दिने क्रममा धरानमा कार्यक्रम राखिएको बताए। बौद्ध शिक्षा कुनै जात बिशेषको लागि नभएको भन्दै इच्छुक सबै जात जातिको लागि खुल्ला रहेको बताए।

दाहसंस्कारका पुर्व अध्यक्ष सेतुमान पाखृनले चारधाम बनाउनको लागि करिब बीस बिघा जग्गा रहेको बताए ।धरानलाई धार्मिक पर्यटनको बिकास गर्नको लागि पनि मिनि लुम्बिनी बनाउने योजनामा लागेको बताए।दाहसंस्कार स्थल २०५५ सालमा जिल्ला बन कार्यालय सुनसरीमा बिधिवत रुपमा दर्ता भै राई सुनुवार तामाङ गुरुङओ लागि स्वीकृति पाएको भए पनि राई सुनुवारको संस्कार मेल नखाएकोले हाल उहाँहरुले उपभोग नगरेको बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार