कांग्रेस नेता खड्काद्वारा विद्यार्थीहरुलाई ट्रयाकसुट प्रदान


इलाम : नेपाली कांग्रेसका नेता अग्रज समाजसेवी डम्बर खडकाले सूर्योदय नगरपालिका–१ गोर्खेमा अवस्थीत सिंहदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि १२६ थान ट्रयाकसुट उपलब्ध गराएका छन ।

कक्ष नर्सरी देखि १० कक्षासम्म अध्ययनरत बिद्यार्थीहरुलाई हौसला स्वरुप उनले ट्रयाकसुट उपलब्ध गराएका हुन ।

बुधबार बिद्यालयमा आयोजित एक समारोहका बीच नेता खड्काले बिद्यालयका प्रधानाध्यापक हेम बहादुर साँवा र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खतिवडालाई संयुक्त रुपमा ट्रयाकसुट हस्तान्तरण गरे ।

कार्यक्रममा सम्बोधन गर्दै नेता खडकाले सामुदायिक बिद्यालयलाइ सबै मिलेर सकेसम्मको सहयोग गर्नसके सामुदायिक स्कुलको स्तर माथि उठने र यसले समाज रुपान्तरणमा टेवा पुग्ने बताएका छन  ।
उनले आगामी दिनमा पनि यस बिद्यालयलाई आफुले सकेको सहयोग गर्ने बचन दिए । कार्यक्रमका प्रमुख अतिथी सुर्योदय नगरका वडाध्यक्ष राजकुमार सेरेङले सामुदायिक बिद्यालयका बिपन्न बिद्यार्थीहरुका लागि सहयोग गरेकोमा धन्यबाद प्रकट गरे।

सोहि अवसरमा नेता खड्कालाई बिद्यालयका सम्पुर्ण अभिभावक विद्यालयका पुर्व ब्यवस्थापन समितिका अध्यक्षहरु बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले फुल तथा अविरले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार