
सिराहा : प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् ।
शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई आज सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताएका छन् । “मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ति सबै क’राको जवाफ दिन्छ” प्रधानमन्त्री ओलीले भने, “ह’लाकी सडकको निमार्ण, भैरवहा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिन अघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा स’? भएको छ . जनकप’रमा केही महिनामा यस्तो सेवा सुरु हुदँदैछ ।”
प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्र’त मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरु धमाधम भइरहेको बताए । यसैगरी तराईका जिल्लाका सदरम’काम जोड्ने सडकह?को स्तर वृद्धिका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरुवात गरिएको र अहिले काम धमाधम भइरहेको प्रधानमन्त्री ओलीले बताए ।
तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशिल रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “यस जिल्लाबाट निरक्षरता उन्म’लन गर्नका लागि मैले नै पहलकदमी लिएको छ’ ” प्रधानमन्त्री ओलीले भने, “त्यसका लागि गत बैसाख ५ गते यसै जिल्लाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु ।”
प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको बताएका छन् । अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक बर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ । “वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेर दिन छैन” प्रधानमन्त्री ओलीले भने, “आउने आर्थिक बर्षमा वृद्धभत्ता अवश्य बढ्छ । सरकारले बढाउने छ ।”
२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं साँसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो ।
प्रधानमन्त्री ओलीले आजै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यलयको शिलान्यास गरेका छन् । यसैगरी आजै चन्द्र माध्यमिक विद्यालय सिराहा नगरपालिका १ मा छात्राबास भवनको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गरेका छन् ।


















































