इलाम : नेत्रविक्रम चन्द बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
इलामको सूर्याेदय नगरपालिका ५ स्थित समालबुङबाट उनीहरू पक्राउ परेका हुन। सुर्योदयकाे सुम्फुङ गाँउमा बिप्लपको गतिबिधी रहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर र समाल्बुङ बाट खटिएको प्रहरीले पक्राउ गरेपनि पक्राउ परेकाकाे परिचय भने खुलाएको छैन।
पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको र थप विवरण खुल्न साथ जानकारी गराईने जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।















































