काठमाडौँ : संवैधानिक प्रावधान अनुसार मौलिक हक कार्यान्वयनका निर्माण गर्नुपर्ने अधिकांश कानुनका विधेयकहरू संसद्मा पेस भएका छन् । मङ्गलबार मात्र प्रतिनिधिसभामा पाँच वटा विधेयक कार्यसूचीमा थिए । पाँचमध्ये चार विधेयक मङ्गलबार प्रतिनिभिसभामा पेसमात्र गर्ने कार्यसूची थियो । एक विधेयक संशोधन दर्ताका लागि अनुमोदन भएको छ ।
एकतीसवटा मौलिक हक कार्यान्वयनका लागि १७ विषयसँग सम्बन्धित कानुन बनाउनुपर्ने छ । जसमध्ये अधिकांश विधेयक मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताउनुभयो । विधयेकहरू संघीय संसद्का दुबै सदनमा विचाराधीन छन् । संघीय संसद्का दुबै सदनमा गरी १६ वटा विधेयक पेस भइसकेका छन् ।
प्रतिनिधिसभामा रहेका ६ वटा मौलिक हकसँग सम्बन्धित विधेयक दफाबार छलफलका क्रममा छन् । राष्ट्रियसभामा पेस भएका चारवटा विधेयक सामान्य छलफलपछि संशोधन दर्ता भइसकेका छन् । बाँकी अन्य विधेयक संशोधन दर्ता र सदनमा पेसमात्र भएका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ















































