पत्रकार महासंघ प्रदेश १ मा लुईंटेल नेतृत्वको प्यालन विजयी (मतपरिणाम सहित)

नयाँ बुलन्द

इलाम : नेपाल पत्रकार महासंघ प्रदेश १ को निर्वाचनमा विक्रम लुईटेल नेतृत्वको प्यानल नै विजयी भएको छ ।

प्रेस चौतारी, नेपाल प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको लुईटेल नेतृत्वको प्यानल शनिबार सम्पन्न प्रदेश निर्वाचनमा विजयी भएको हो । संयुक्त गठबन्धनको विरुद्ध उम्मेद्वारी दिएका संघीय प्रेस फोरमका सबै उम्मेद्वार पराजित भए ।

अध्यक्षमा प्रेस चौतारी सम्बद्ध विक्रम लुइटेल ९ सय ३१ मत प्राप्त गरी विजयी भए । उनका प्रतिष्पर्धी संघीय प्रेस फोरम सम्बद्ध गोपाल देवानले १ सय ६१ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेपाल प्रेस युनियन सम्वद्ध सोमनाथ सुसेलीले ९ सय २३ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिष्पर्धी संघीय प्रेस फोरमका तर्फबाट उम्मेद्वार विजय खतिवडाले १ सय ५६ मत प्राप्त गरे । महिला उपाध्यक्षमा प्रेस सेन्टरकी स्मिता निरौलाले ६ सय ९७ मतका साथ विजयी भइन् । उनकी प्रतिष्पर्धी संघीय प्रेस फोरम सम्बद्ध मनिता चाम्लिङले २ दुई १० मत प्राप्त गरिन् ।

महासचिवमा सेन्टरकै विवेक गौतम ८ सय ८४ मतका साथ विजयी भए । उनका प्रतिष्पर्धी संघीय प्रेस फोरम सम्बद्ध कमन देवानले १ सय ९१ मत प्राप्त गरे । समावेशी सचिवमा प्रेस चौतारी सम्बद्ध वुद्धवीर राईले ९ सय मतका साथ विजयी बने । उनका प्रतिष्पर्धी संघीय प्रेस फोरमका तर्फबाट उम्मेद्वार बनेका सन्तवीर लामाले १ सय ७७ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा संयुक्त गठबन्धनका तीर्थ सिग्देल ९ सय ६९ मत, डिल्लीराम खतिवडा ९ सय ४० मत, बुद्धिप्रसाद लामिछाने (विमल) ९ सय ३१ मत, विपेन्द्र गौतम ९ सय मत र शशी कोइराला ८ सय ६७ मतका साथ विजयी भए । संघीय प्रेस फोरम सम्बद्ध उम्मेद्वार फिपराज लिम्बूले १ सय ८७ मत मात्र पाए ।

यस्तै मधेशी सदस्यहरुमा गठबन्धनका जयकृष्ण यादव ९ सय ४ मत र ब्रम्हदेव यादव ९ सय ८ मतका साथ विजयी भए । संघीय प्रेस फोरम सम्बद्ध उम्मेद्वार श्यामसुन्दर सुतिहारले १ सय ७७ मत प्राप्त गरे ।

यसअघि नै केही पदमा गठबन्धनकै उम्मेद्वार निर्विरोध निर्वाचित भईसकेका थिए । खुल्ला सचिवमा प्रेस सेन्टरका हरिकुमार राई, कोषाध्यक्षमा चौतारीका अम्बिका भण्डारी, आदिवासी जनजाति सदस्यमा चौतारीकै गणेश साम्पाङ र सेन्टरका केशव लामा, महिला सदस्यमा सेन्टरकै रिता मोक्तान, युनियनकी तिलकुमारी शर्मा र रेजिना गौतम, दलित सदस्यमा चोतारीका सन्तोष रुचाल र अल्पसंख्यक सदस्यमा युनियनका इकवाल अहमद निर्विरोध निर्वाचित भइसकेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार