पत्रकारद्वारा मानवअधिकार आयोगको कार्यक्रम बरिस्कार

नयाँ बुलन्द

इलाम : इलामका क्रियाशिल पत्रकारहरुले राष्ट्रिय मानव अधिकार आयोगको इलाममा सञ्चालित कार्यक्रम बहिस्कार गरेका छन् । राजनैतिक आस्थाको भरमा पत्रकारलाई कार्यक्रममा बोलाइएको र क्रियाशिल पत्रकारहरुप्रति भेदभाव गरिएकाले कार्यक्रम वहिस्कार गरिएको हो ।

क्रियाशिल पत्रकारहरुले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै आयोजकलाई सो कुरा जानकारी गराएका थिए । राजनिति गर्ने पत्रकारलाई अगाडी राखेर क्रियाशिल पत्रकार पछि परेको भन्दै कार्यक्रम बहिस्कार गरिएको उनीहरुले वताए । कार्यक्रम स्थल छाडेर इलामका अग्रज पत्रकार सोम सुशेली लगायतका क्रियाशिल पत्रकारहरु बाहिरिएका थिए ।

इलाममा राजनिति गर्ने र क्रियाशिल पत्रकारिता गर्ने पत्रकार विचको दुई धार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार