प्रतिनिधिसभा निर्वाचको प्रत्यक्षतर्फ उम्मेदवारका लागि डम्बर बहादुर खड्काको नाम सिफारीस

  नयाँ बुलन्द
7k Shares

इलाम : नेपाली कांग्रेस इलाम क्षेत्र न.१ ले प्रतिनिधिसभा निर्वाचको प्रत्यक्षतर्फ उम्मेदवारका लागि डम्बर बहादुर खड्काको नाम सिफारीस गरेको छ ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचको लागी नेता खड्काको नाम सिफारीस भएको हो । नेता खड्का नेपाली कांग्रेस इलामका सभापति समेत हुन ।

इलाममा समाजसेवाका कारण निकै पपुलर रहेका खड्का  इलाममा पर्यटन र कृषिबाट इलामको विकाशमा र रोजगारमा टेवा पुर्याउन सकिन्छ भने विश्वासका साथ त्यस क्षेत्रमा निरन्तर लागि रहेका नेता हुन् ।

क्षेत्रीय कार्यसमितिको बैठकबाट प्रत्यक्षतर्फ उम्मेदवारका बन्न आकांक्षी अन्य नेताहरुको नाम पनि सिफारिस गरेको भएपनी खड्काको काम प्राथमिकता रखेको समाचार श्रोतले बताएको छ  । सबैको नाम क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमिति पठाएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार