प्रचार-प्रचारको अन्तिम दिन पाँचथरमा ‘मिक्सो’ जिताऔँ अभियानको बाइक र्‍याली

पाँचथर : प्रचार-प्रसारको अन्तिम दिन पाँचथरमा मिक्सो जिताऔँ अभियानअन्तर्गत भव्य बाइक र्‍याली सम्पन्न भएको छ । पार्टी कार्यकर्ताको सक्रिय सहभागितासहित जिल्लाका विभिन्न स्थानहरुमा र्यालीको आयोजना  गरिएको नेकपा चुनाव प्रचार-प्रसार समिति फाल्गुनन्द गाउँपालिका संयोजक शंखध्वज नेम्वाङले जानकारी दिए।

नेपाली कम्युनिष्ट पार्टी पाँचथरबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’लाई विजयी गराउने उद्देश्यले आयोजना गरिएको र्‍यालीमा पार्टीका नेता–कार्यकर्ता, युवा तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

र्‍याली पाँचथरका प्रमुख बजार क्षेत्र तथा बस्ती हुँदै परिक्रमा गरिएको थियो। मोटरसाइकलमा पार्टीका झण्डा र नारासहित सहभागीहरूले अन्तिम चरणको जनसम्पर्क गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रमका क्रममा वक्ताहरूले उम्मेदवार नेम्वाङलाई विकास र जनमुखी एजेन्डा बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै मतदातासमक्ष अन्तिम अपिल गरेका थिए। उनीहरूले लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै शान्तिपूर्ण रूपमा मतदान गर्न सबैलाई आग्रह गरेका छन्।

पार्टीका अनुसार प्रचार–प्रसार अभियान निर्वाचन आचारसंहिताको पालना गर्दै सञ्चालन गरिएको हो। अब मतदान प्रक्रियामा केन्द्रित हुँदै संगठनलाई थप सक्रिय बनाइने पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार