निर्वाचन कभरेजमा निष्पक्षता जोड्दै पाँचथरमा पत्रकार प्रशिक्षण

  युद्धबहादुर बोहोरा
35 Shares

पाँचथरः निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धी पाँचथरका पत्रकारहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ पाँचथरको आयोजनामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ, कोशी प्रदेशको सहकार्यमा आयोजना गरिएको थियो।

कार्यक्रममा पाँचथरका मुख्य निर्वाचन अधिकारी तथा जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्के प्रमुख अतिथि र राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल विशेष अतिथिका रूपमा उपस्थित थिए।महासंघ पाँचथरका अध्यक्ष भिमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका पूर्व अध्यक्ष लक्ष्मी गौतम, कोशी प्रदेश समितिका पूर्व सदस्य गणेश साम्पाङ, फोनिज कोशी प्रदेश अध्यक्ष विजयबोध लावतीसहित जिल्लाका विभिन्न पेशागत संगठनका प्रतिनिधिहरू सहभागी थिए। साथै जिल्लाका २५ जना क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण महासंघ पाँचथरका पूर्व अध्यक्ष गौतमले गरेका थिए। सोही अवसरमा मानवअधिकार र पत्रकारिताबीचको सम्बन्धबारे मानव अधिकार आयोगका सचिव खरेलले धारणा राखेका थिए।प्रशिक्षणपछि पत्रकारहरूले निर्वाचन कभरेजमा निष्पक्षता अपनाउँदै मानवअधिकारप्रति संवेदनशील रही आचारसंहिता पालन गर्ने अपेक्षा गरिएको अध्यक्ष बाँस्कोटाले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार