माईजोगमाई-४ को सिङ्गो जाँगरे गाउँ नेकपामा प्रवेश

इलाम : इलामको माईजोगमाई गाउँपालिका-४ को सिङ्गो जाँगरे गाउँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी जाँगरेका १६ घरपरिवार नेकपामा प्रवेश गरेका हुन् ।

स्थानीय अगुवाहरूले विगतका दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै वैकल्पिक राजनीतिक शक्तिका रूपमा नेकपामा आबद्ध भएको बताएका छन् । उनीहरूले गाउँको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र आधारभूत पूर्वाधार विस्तारका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा पार्टीका सावित्रा गड्तौला, जिल्ला कार्यदल सदस्य मानबहादुर गुरुङ, इलाम नगर निर्वाचन परिचालन समिति सहसंयोजक डिकेन्द्र दाहाललगायत  नेताहरूको समेत उपस्थिति रहेको थियो ।

सो क्षेत्र इलाम क्षेत्र नं. १ मा पदर्छ । त्यहाँ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपाको तर्फबाट रणबहादुर राई उम्मेदवार रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार