राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र समाजवादी विकासका लागि ‘तारा’मा मतदान गर्न नेकपाको अपिल

काठमाडौं : आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना समर्थक र सम्पूर्ण नागरिकहरूलाई तारा चुनाव चिन्हमा मतदानको लागि अपिल गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले जारी गरेको अपिल पत्रमा मुलुकको लोकतान्त्रिक प्रणाली, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारविरुद्धको सङ्घर्ष, आर्थिक–सामाजिक रूपान्तरण, तथा समाजवादी समाज निर्माणका पक्षमा आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरिएको छ ।

अपिलमा पार्टीले शहीद, घाइते, अपाङ्ग र बेपत्ता सङ्घर्षकर्ताहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदान सम्झने क्रममा जनतासँग आफ्नो दृष्टिकोण र योजना प्रस्तुत गरेको छ । पार्टीले उल्लेख अनुसार अहिले मुलुकमा बाह्य हस्तक्षेप र अस्थिरता फैलाउने प्रयासहरू भइरहेका छन्, जसबाट राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तामा चुनौती आउन सक्ने खतरा रहेको छ । यसलाई रोक्न र राष्ट्रिय अखण्डता कायम राख्न पार्टी दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्ध सञ्चालन गर्ने, असमान सन्धि–सम्झौताहरू खारेज गर्ने र नेपालको अतिक्रमित भूमि फिर्ता गर्ने नीति पनि यस अपिलमा समेटिएको छ ।

पार्टीले विगतमा गरेका क्रान्तिकारी संघर्ष र राजनीतिक परिवर्तनको अनुभवका आधारमा अब मुलुकको अवस्था सुधार्ने दायित्व आफूमाथि रहेको र यसका लागि काम गर्न तयार रहेको स्पष्ट पारेको छ ।

अपिलमा भनिएको छ, ‘अहिले व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ। अरूले गफ गर्ने हुन्, हामी काम गर्छौँ। विगतमा हाम्रा केही कमी–कमजोरी भए, त्यसलाई सच्याएर अघि बढ्नेछौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार