
इलाम : किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्षमा शंकर केरुङ चयन भएका छन् ।
इलामको माङसेबुङ गाउँपालिका-५‚ माङसेबुङमा आइतबार सम्पन्न पान्जुम्भोको छैटौं सम्मेलनले केरुङको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो । पान्जुम्भोको उपाध्यक्षमा लोकेन्द्र कार्कीढोली‚ सचिव बाइसकुमार राई, सहसचिव दिवस तिगेला र कोषाध्यक्ष लोकेन्द्र लाओती चयन भएका छन् ।
यसैगरी पान्जुम्भोको सदस्यहरूमा सबिन साम्पाङ, चन्द्र लिङखिम, विवेक नेम्बाङ, रामचन्द्र सङबाङफे, सञ्जिव लिम्बू, डिल्ली इङनाम, लिमुकसाम नेम्बाङ, समीर चेम्जोङ र रेनुका लाओती चयन भएका छन् ।
नालीफूङवा पान्जुम्भो किरात धर्मसम्बद्ध युवाहरूको संगठन हो ।
अभिनन्दन र सम्मान
सम्मेलनको अवसरमा नालीफूङवा मुजोत्लुङ पान्जुम्भोले किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङलाई अभिनन्दन गरेको छ । यस्तै‚ पान्जुम्भोकी संस्थापक कोषाध्यक्ष मनभक्ति साँबा र पूर्वसचिव जगत पत्रेलाई सम्मान गरिएको छ ।
समारोहमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ, माङगेन्ना सेवा समितिका उपाध्यक्ष होम लिङदेन, आत्मा पवित्र हक्चात् यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ, नालीफूङवा पान्जुम्भोका संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, पूर्वअध्यक्ष विक्रम वनेम फागो‚ माङसेबुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र राई र निवर्तमान अध्यक्ष पृतिमान राई लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।
तस्बिरहरु :


































































