चुम्लुङको स्थापना दिवसमा दुई जनालाई २० हजार छात्रवृत्ति वितरण

  नयाँ बुलन्द
189 Shares

सेसेहाङ लिम्बू जवेगूलाई ‘स्व. देवीबहादुर आङबुहाङ लिम्बू स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति’ हस्तान्तरण गर्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव चक्र येक्तेन (अभिषेक) ।

इलाम : किरात याक्थुङ चुम्लुङ इलामले दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । चुम्लुङको ३७ औं स्थापना दिवसको अवसरमा मङ्गलबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी फरक क्षेत्रका दुई जनालाई छात्रवृत्ति वितरण गरेको हो ।

चुम्लुङले ‘स्व. देवीबहादुर आङबुहाङ लिम्बू स्मृति छात्रवृत्ति कोषबाट कक्षा ११ र १२ अध्ययन गर्न दिने १० हजार राखीको गरिब तथा जेहेन्दार छात्रवृत्ति’ इलाम नगरपालिका–५, स्थित अमर माध्यमिक विद्यालय कक्षा–१२ मा अध्ययनरत छात्र सेसेहाङ लिम्बू जवेगूलाई प्रदान गरेको हो । सो क्षात्रवृत्ति सेसेहाङले अघिल्लो साल पनि पाएका थिए ।

त्यस्तै, ‘किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट कक्षा ६ देखि १० सम्म अध्ययन गर्न बर्सेनि प्रदान गर्ने १० हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति’ माङसेबुङ गाउँपालिका–५, स्थित सरस्वती माध्यमिक विद्यालय कक्षा–७ का लिहाङ माबोहाङले पाएका थिए । सो छात्रवृत्ति माबोहाङले अघिल्लो वर्ष पनि पाएका थिए । अब ३ वर्षसम्म निरन्तर माबोहाङलाई नै प्रदान गरिने चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

छात्र लिहाङ माबोहाङलाई ‘किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण गरिब तथा जेहेन्दार छात्रवृत्ति’ हस्तान्तरण गर्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव चक्र येक्तेन (अभिषेक) ।

उनीहरुलाई किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव चक्र येक्तेन (अभिषेक) ले नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

चुम्लुङ इलाम अध्यक्ष सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सल्लाहकार मोहनसिंह थेवे, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम लिङदम, लिम्बू पत्रकार संघका महासचिव जीवन योङहाङ, याक्थुङ शिक्षक समाज इलामका सचिव सुरेश योङहाङ, लिम्बू विद्यार्थी मञ्च इलाम अध्यक्ष राजेन्द्र फागोलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत उपाध्यक्ष पदम ताम्लिङ र सञ्चालन सचिव राम योङहाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार