सुम्हात्लुङ टाइम्सको दोस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, विशेषाङ्क विमोचन र पत्रकारिता पुरस्कार वितरण

  नयाँ बुलन्द
105 Shares

पाँचथर :  फिदिमबाट सञ्चालनमा रहेको  डिजिटल पत्रिका सुम्हात्लुङ टाइम्सको दोस्रो वार्षिकोत्सव बिहीबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आयोजित कार्यक्रममा सुम्हात्लुङ टाइम्स विशेषाङ्कको लोकार्पण गरिनुका साथै उत्कृष्ट पत्रकारलाई सम्मानसमेत प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि, फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले विशेषाङ्कको लोकार्पण गर्दै सुम्हात्लुङ टाइम्सले पत्रकारिता मार्फत समाज रुपान्तरणमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताको अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने विश्वास पनि व्यक्त गरे ।

विशेषाङ्कमा विविध समसामयिक विषयवस्तुमा आधारित लेख, विचार, रचना समावेश गरिएको छ, जसले पत्रिकाको बौद्धिक धरातललाई अझ समृद्ध बनाएको छ।

कार्यक्रमकै अवसरमा सुम्हात्लुङ टाइम्सका संवाददाता जिपी अधिकारीलाई ‘सुम्हात्लुङ टाइम्स अनलाइन पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरियो।  प्रमुख अतिथि काफ्लेले दोसल्ला ओढाई सम्मानपत्र गरेका थिए भने माङ्गेन्ना मिडिया प्रा.लि.का अध्यक्ष सन्देश सुब्बाले नगद प्रदान गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, पाँचथर अध्यक्ष भीम कुमार बाँस्कोटा, फोनिज प्रदेश अध्यक्ष विजयबोध लाओती, याक्थुङ लेखक संघका महासचिव मधुराज केरुङ, किरात याक्थुङ चुम्लुङ पाँचथर अध्यक्ष सुरेन शिशिर केरुङ, फोटो पत्रकार महासंघ अध्यक्ष भवानी तावा, पत्रकार लक्ष्मी गौतम, गिरीराज बाँस्कोटालगायतले शूभकामना दिए ।

सञ्चार माध्यमको विकास र नवप्रवर्तनमा निरन्तर अग्रसर सुम्हात्लुङ टाइम्सले अनलाइन पोर्टल, युट्युब च्यानल तथा फेसबुक पेज मार्फत समाचार, सूचना र जनचासोका सामग्री उत्पादन र प्रशारण गरिरहेको प्रवन्ध निर्देशक अर्जुन तुम्बापोले जानकारी दिए ।

कार्यक्रम माङ्गेन्ना मिडिया प्रा.लि. का अध्यक्ष तथा सुम्हात्लुङ टाइम्सका सञ्चालक सन्देश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको व्यवस्थापक रजनी हाङसरुम्बाले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार