इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ का एक सिङ्गो गाउँका बासिन्दाहरू एकैसाथ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा सामेल भएका छन् । माओवादी नेतृत्वको दीर्घकालीन प्रयास, राजनीतिक प्रशिक्षण र जनमूल्य–मान्यताको प्रभावले गर्दा खुन्द्रुका (प्रगतिशील) टोलका गाउँलेहरू सामूहिक रूपमा पार्टीमा प्रवेश गरेका हुन् ।
मङ्गलबार आयोजित विशेष कार्यक्रममा त्यहाँका ४३ जना औपचारिक रूपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज धिरेन्द्र शर्मा रमनको उपस्थितिमा भएको कार्यक्रममा नेकपा (एमाले) का युवा नेता प्रदिप राई (प्रमेश) को नेतृत्वमा एमाले र कांग्रेस परित्याग गरी उनीहरु माओवादी प्रवेश गरेका हुन् ।
माओवादी प्रवेश गर्नेहरुमा छत्रबहादुर राई, मोहनकुमार राई, सीता राई, मनकुमारी राई, झुमा लिम्बू (राई), सुरेन राई, सुकमाया राई (लिम्बू), सुजन राई, मनिता लिम्बू, सरोज राई, ज्योति मगर (राई), सन्देश राई, सुनिता राई, सोनिया राई, प्रज्वल राई, पदममाया राई, दिलमान राई, उमेश राई, मेमन राई रहेका छन् । त्यस्तै, सोमकुमार राई, मनकुमार देवान, सरिता देवान, सन्दिप राई, सम्भु राई, सन्ध्या राई, सनम राई, दिलकुमार नेम्बाङ, उर्मिला लिङदम नेम्बाङ, केदार लिम्बू, मनकुमारी तावा, जनम नेम्बाङ, सुनिहाङ लिम्बू, टिकामाया राई, मैतबहादुर राई, मनबहादुर राई, बीरबल राई, जेपी लिम्बू, समिर राई, देउकुमार राई, धनकुमारी राई, नरबहादुर राई र आइतरानी राई माओवादी प्रवेश गरेका छन् ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र इलाम इन्चार्ज रमनले गाउँलेहरूको सामूहिक निर्णयलाई जनयुद्धको महान् उपलब्धिको रूपमा व्याख्या गरे । उनले पछिल्लो समय माओवादीप्रति जनताको आकर्षण बढेको भन्दै यसले आउने निर्वाचनमा सकरात्मक परिणाम दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य एवम् माङसेबुङ इन्चार्ज लक्षुमन राई जनम, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, नवप्रवेशी प्रदिप राईलगायतले मन्तव्य राखेका थिए । माओवादी केन्द्र माङसेबसङ उपाध्यक्ष रोशन राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरी राईले गरेका थिए ।
गाउँलेहरूका अनुसार माओवादी पार्टीमा प्रवेश गर्ने निर्णय सामूहिक छलफल, अनुभव आदान–प्रदान र जनसुनुवाइपछि गरिएको हो । सिङ्गो गाउँको यस निर्णयले अन्य बस्तीहरूमा पनि प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
तस्बिरहरु :