मङ्गलबारेमा आयोजित रक्तदान कार्यक्रममा १०४ जनाले गरे रक्तदान

  नयाँ बुलन्द
126 Shares

मङ्गलबारे : इलामको मङ्गलबारे बजारमा बुधबार आयोजित रक्तदान कार्यक्रममा एक सय चार जनाले रक्तदान गरेका छन् ।

सहिद रत्नकुमार वान्तवाको ७३ औं जन्मजयन्ती एवम् ४८ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ नेपाल देउमाई नगर कमिटीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार