ईलाम : इलामको माई नगरपालिका–२ रातेखाडीस्थित खेतमा राखिएको परालको कुन्यूमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार परालको कुन्यूसगैं जलेर देउमाई नगरपालिका–४ मङ्गलबारे निवासी ४३ वर्षिय दिपक भनेर चिनिने तिलबिक्रम शिवाको मृत्यु भएको हो ।
आइतबार राति ९.४५ बजेतिर माई– २ रातेखाडी बस्ने ठकबहादुर लिम्बूको घरनजिकै रहेको उनकै परालको कुन्युमा अचानक आगलागी भएको थियो ।
आगो निभाउने क्रममा घाइते भएका राईलाई उद्धार गरि उपचारको लागि झापाको भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुरमा राति १२.३० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।