स्वास्थ्यमन्त्री पौडेलद्वारा चुलाचुली अस्पतालको उद्घाटन

  नयाँ बुलन्द
56 Shares

इलामको चुलाचुली गाउँपालिका-२ बाह्रगोठेमा निर्माण गरिएको १५ शय्याको ‘चुलाचुली आधारभूत अस्पताल’ ।

इलाम : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आइतबार इलामको चुलाचुली गाउँपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन् । चुलाचुली गाउँपालिका-२ बाह्रगोठेमा निर्मित १५ शैय्याको ‘चुलाचुली आधारभूत अस्पताल’को उद्घाटन गरेका हुन ।

आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पताल चार पवर्षपछि निर्माण सम्पन्न भएको हो । सङ्घीय सरकारको सहयोगमा रु १२ करोड ९० लाखको लागतमा सुविधायुक्त अस्पताल निर्माण गरिएको हो । १५ कठ्ठा १० धुर क्षेत्रफलमा पार्किङसहितको तीन तलाको अस्पताल निर्माण गरिएको छ ।

नवनिर्मित अस्पताल भवनबाट आइतबारदेखि स्वास्थ्य सेवा सुरु भएको छ । २४ सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाईएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, फार्मेसीलगायत सेवमा सुचारु गरिएको उहाँले जानकारी दिनुभयो । अस्पताललमा एबीबीएस डाक्टरसहितको जनशक्ति व्यवस्था गरिएको उहाँले बताए ।

सो अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ । गाउँपालिकाबासीको आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रे उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको अध्यक्ष केरुङले बताए ।

‘चुलाचुलीबासीले सामान्य बिमारी हुँदा समेत रेफर लिन झापाको दमकको अस्पतालसम्म धाउनुपर्ने र दमक अस्पतालको भिडले समेत हैरान बेहोर्नु परिरहेको छ’ उनले भने, ‘चुलाचुलीबासी नागरिकको सहजताका लागि पालिकाकै अस्पतामा स्वास्थ्य बिमा कार्यक्रम समेत लागट्ठ गरिएको हो ।’

यसैबिच, अस्पताल सञ्चालन सहयोगर्थ चुलाचुली गाउँपालिकाले आयोजना गरेको ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आइतबार सम्पन्न भएको छ । गत कात्तिक २६ गतेदेखि अस्पताल परिसमार आयोजित महापुराणको समापन समेत मन्त्री पौडलले गरे ।

महापुराणबाट सङ्कलित रकमबाट विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको नि:शुल्क उपचारका लागि अक्षय कोष स्थापना गरिने गाउँपालिका अध्यक्ष केरुङले बताए । ‘महापुरणबाट सङ्कलन भएको रकमबाट अस्पतालमा छुट्टै अक्षयकोष स्थापन गरिनेछ,’ अध्यक्ष केरुङले भने, ‘कोषबाट पालिकाभित्रका विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको नि:शुल्क उपचारको व्यवस्था गरिनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार