चुलाचुली अस्पताल भवन निर्माण सम्पन्न

इलामको चुलाचुली गाउँपालिका-२ बाह्रगोठेमा निर्माण गरिएको १५ शय्याको चुलाचुली आधारभूत अस्पताल । तस्बिर : राम योङहाङ

इलाम : इलामको चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका-२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु गरिएको अस्पतालको भवन निर्माण पूरा भएको हो ।

सङ्घीय सरकारको सहयोगमा रु १२ करोड ९० लाखको लागतमा सुविधायुक्त अस्पताल निर्माण पूरा भएको हो । १५ कठ्ठा १० धुर क्षेत्रफल जग्गामा अस्पताल निर्माण गरिएको हो । अस्पताल निर्माणका स्थानीय ६ जना साजसेवीहरुले जग्गा दान गरेका थिए । अस्पताल निमार्णका लागि स्व. बौधरानी लावतीको परिवारले सात कठ्ठा १० धुर, मेखबहादुर मगरले दुई कठ्ठा १० धुर, सुखमाया लिम्बू खजुमले दुई कठ्ठा,  पम्फा राई, फुलकुमारी राई र पूर्णकुमारी राईले संयुक्त रुपमा दुई कठ्ठा, लिलाकुमार लावतीले एक कठ्ठा र हस्तकुमार लावतले १० धुर जग्गा नि:शुल्क उपलब्ध गराएका थिए ।

निर्माण पूरा भएपनि सञ्चालनमा नआएको अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुली गाउँपालिकाले ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आयोजना गरेको छ । अस्पताल सञ्चालनका लागि पालिकाले नै जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएपनि पालिकाको खर्चले धान्न नसक्ने अवस्था रहेकाले पालिकाले अस्पताल सञ्चालन सह्योगार्थ ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आयोजना गरेको छ ।

आउँदो मङ्सिर २ गतेसम्म सञ्चालन हुने महापुराणमा महापुराणमा मुख्यगरी हिन्दु, बौद्ध र किरात धर्मका धर्मगुरुले कथावाचन एवम् प्रवचन दिने चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार