इलाममा सवारी दुर्घटना न्यूनीकरणको लागि यातायात कार्यालय र ट्राफिक प्रहरी सक्रिय बन्दै

  नयाँ बुलन्द
616 Shares

इलाम :इलाममा सवारी दुर्घटना न्यूनीकरणको लागि यातायात व्यवस्था सेवा कार्यालय इलाम र जिल्ला ट्राफिक प्रहरी कार्यालयल इलामले सक्रियता बढाएको छ । साेमबार  यी दुइ कार्यालयले संयुक्त रुपमा जिल्लाबाट चल्ने छोटो तथा लामो दुरीको सवारी साधनको चेकिङ गरेको हो । चेकिङमा  सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच गरिएको थियो ।

अनुगमनामा यातायात व्यवस्था तथा ट्राफिक नियम सम्बवन्धि दर्ता, ब्लुबुक नविकरण, विमा, लाईसेन्स, ओभर लोड, सिट बेल्ट, क्षमता भन्दा बढी यात्रु बाेकेकाे जस्ता सवारीहरुलाई चेक जाँच गरिएको यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख खगेन्द्र मैनालीले बताए । मैनालीले अनुगमनको क्रममा चालकहरुलाई दुर्घटनाबारे सचेत समेत गराईएको जानकारी िदए साथै उनले भने, ‘चाडबाडका बेला बढी भाडा असुल्ने सवारी, क्षमताभन्दा बढी यात्रु चढाउने सवारीलाई निगरानीमा राखिएको छ । ‘सवारी चालकलाई जिम्मेवार बनाउन, दुर्घटना न्यूनीकरण गर्न र सभ्य समाजको निर्माण गर्ने हाम्रो अभियान हो ।’

यता संयुक्त चेकिङमा चालकहरुले सवारी निति नियम मिचेर हिडिरेको अवस्थामा फेलापरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख डम्बर दियालीले बताए । उनका अनुसार सवारी तथा ट्राफिक नियम विपरित बिभिन्न गल्ती गरी सडकमा गुड्ने सवारीहरु कार्वाहीमा परेको समेत बताएका छन्  । संयुक्त चेकिङ जिल्लामा विभिन्न समयमा हुँदै आएको छ । पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा तिब्र गतिमा चल्ने मोटरसाइकलको लापरबाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार