ताप्लेजुङ पाथीभरा सेवा समाज दोहा कतारको आठौं अधिवेसन ३० अगष्टमा हुदैँ

  तिलविक्रम थेवे
84 Shares

दोहा (कतार) : ताप्लेजुङ पाथीभरा सेवा समाज दोहा कतारको आठौं अधिवेसन आगामी ३० अगष्ट २०२४ मा सम्पन्न हुने भएको छ ।

चिनको स्वशासित तिव्बत, भारतको सिक्किमसँग सिमाना जोडिएको सुदुरपुर्वको उत्तरी जिल्ला ताप्लेजुङबाट वैदेशिक रोजगारीको लागी कतारमा आएका ताप्लेजुङबासीहरुले सन् २००४ मा स्थापना गरेको ताप्लेजुङ पाथीभरा सेवा समाज कतार कतारस्थित नेपाली संघसंस्थाहरु मध्येको एक पुरानो संस्था मानिन्छ ।

वर्तमान कार्यसमितिले गतसालतिर नै अधिवेसन सम्पन्न गरी सक्नुपर्ने भएपनि कोभिड–१९ र प्रवासको परिस्थिति र अन्य विविध कारणले निकै लामो समयदेखि अधिवेसन गरिरहन नपाएपनि अवचाही भव्यताका साथ आठौ अधिवेसन गरेर नयाँ कार्यसमिति निर्वाचित हुने र सक्रियताका साथ विभिन्न कार्ययोजना सहित ताप्लेजुङ पाथीभरा सेवा समाज दोहा कतारले काम गर्ने कुरा वर्तमान अध्यक्ष दुर्गा प्याकुरेलले बताए ।

अधिवेसनलाई परिस्कृत ढंगबाट सम्पन्न गर्न राजेन्द्र साम्याङखाम निर्वाचन समिति संयोजक र धन गुरुङ विधान संशोधन समिति संयोजक तोकिएको बताउदै अध्यक्ष प्याकुरेलले आठौं अधिवेसनको लागि विभिन्न संघसस्थाहरु, व्यक्ति, व्यक्तित्वहरुलाई निमन्त्रणा गरिसकिएको जानकारी दिए ।

संस्थालाई थप उचाईमा लैजान सक्ने जोस जागर र क्षमता भएका कतारका ताप्लेजुङबासीहरु मध्येबाट यसपटकको कार्यसमितिको नेचृत्व पङतीमा आउने अपेक्षा र संभावना रहेको बताउदै कोशी प्रदेश समन्वय समिति कतारको अध्यक्ष समेत रहेका प्याकुरेलले ताप्लेजुङ पाथीभरा सेवा समाज कतार सवै समुदाय, संघ सस्था र आफनै जिल्ला ताप्लेजुङसंग पनि सहकार्य गरेर सामाजिक सेवाकार्य निरन्तर गर्ने बताए ।

ताप्लेजुङ पाथीभरा सेवा समाज दोहा कतारले ताप्लेजुङबासीहरुको सुखदुखमा सदैव नजिक रहेर हरसंभव सेवा सहयोग पुरयाउदै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार