दोहा कतार : ईलाम सेवा समाज दोहा कतारको अध्यक्षमा खडक फागो लिम्बू निर्वाचित भएका छन् ।
“जिउँदाको जन्ती मर्दाको मलामी, हामी ईलामेली” भन्ने नारा २३ अगष्ट २०२४ मा सम्पन्न समाजको चौथो अधिवेशनबाट दुई वर्षका लागि लिम्बू सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिमा बरिष्ठ उपाध्यक्षमा तोरण बस्नेत, प्रथम उपाध्यक्षमा मन्जु गुरुङ, द्वितीय उपाध्यक्षमा सुवास निरौला, महासचिवमा ज्ञानेन्द्र रसाईली, उपमहासचिवमा मनकुमार योङहाङ लिम्बु, सचिवमा रविना मगर, कोषाध्यक्षमा चुडामणी घिमिरे (श्याम) र सहकोषाध्यक्षमा विवेक आचार्य सर्वसम्मत निर्वाचित भए ।
सदस्यहरुमा रविन रेग्मी, लक्ष्मी सापकोटा ज्योती गौतम, अनु तामाङ र सुनिता आङदेम्बे राई, निर्वाचित भए । अन्य सदस्यहरु संस्थाको विधानअनुसार मनोनित गरिने नवनिर्वाचित अध्यक्ष लिम्बूले बताए । अधिवेशनले संस्थापक अध्यक्ष धनबहादुर विश्वकर्मालाई संस्थाको सम्मानित संरक्षक मनोनयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तिलविक्रम थेवेले शपथ ग्रहण गराउँदै निर्वाचन समितिका सदस्यद्वय धनबहादुर विश्वकर्मा र रेनु कार्कीले संयुक्त रुपमा प्रमाण्पत्र प्रदान गरेका थिए ।
नेपाली राजदुतावास दोहा कतारका कार्यवाहक राजदुत कुमार राईले अधिवेशनको उद्घाटन गर्दै पर्यटनको लागि भौगोलिक सुन्दरता बोकेको पुर्व नेपालको हरियाली जिल्ला अनेक “अ” को उपनामले परिचित ईलाम अकबरे खुर्सानी, अम्लिसो, अलैची, ओलन (दुग्घ व्यवसाय), आलु, अदुवा, अर्थोडक्स चिया, ओखती (विभिन्न जंगली जडीबुडी),अरुणेदय (धेरैओटा थुम्कोहरुबाट सुर्योदयको अवलोकन गर्न सकिने) र अतिथी देवो भवःको स्वभावको समाज रहेको ईलाम साँच्चै महत्वपूर्ण जिल्ला रहेको बताए ।
कार्यवाहक राजदुत राईले आफुले विभिन्न राष्ट्रहरुको प्राकृतिक, मानवनिर्मित अत्यन्त सुन्दर ठाँउहरुको अवलोकन गर्ने अवसर पाए पनि ईलामको सुन्दरता चाही आफनो मानसपटलमा अविस्मरणीय रहेको बताउँदै नयाँ कार्यसमितिलाई शुभकामना दिदैँ कतारमा रहेका ईलामेलीहरुको एकता र सभ्य समाजको पहिचानलाई निरन्तरता दिदैँ सबै नेपाली समुदायसँग हातेमालो गर्दै सहकार्य गर्दै समाजसेवामा विशुद्ध भावनाले समाज सेवामा लागिरहन सुझाव दिए ।
अधिवेसनमा आमन्त्रित कतारस्थित विभिन्न संघसस्थाका प्रतिनिधिहरु एनआरएनए एनसीसी कतारका द्धितीय उपाध्यक्ष केशव कार्की, आदिवासी जनजाती महासंघ कतारका उपाध्यक्ष राकेश श्रेष्ठ, कोशी प्रदेश समन्वय समिति कतारका अध्यक्ष दुर्गा प्याकुरेल, कोशी प्रदेश समन्वय समिति कतारका महासचिव निरन नेपाल, दलित एकता संन्जाल कतारका अध्यक्ष किरण परियार, पाथिभरा ताप्लेजुङ सेवा समाज कतारका उपाध्यक्ष गोपाल खतिवडा, पाँचथर सेवा समाज कतारका अध्यक्ष लीला राई, संखुवासभा सेवा समाज कतारका अध्यक्ष राजेन्द्र खनाल, तेह्रथुम सेवा समाज कतारका उपाध्यक्ष महेन्द्र उप्रेतीले शुभकामना दिएका थिए ।
त्यस्तै, धनकुटा सेवा समाज कतारका कोषाध्यक्ष देव सुन्दास, किरात याक्थुङ चुम्लुङका कतारका अध्यक्ष सागर तुम्बाहाम्फे, नेपाल मगर संघ कतारका अध्यक्ष रेशम आले मगर, तमु गुरुङ समाज कतारका अध्यक्ष टौमाया गुरुङ, युवा बुद्धिजीवी विवस मादेन, समाजिक अभियन्ता मान बहादुर तामाङ, ईलाम सेवा समाज कतारका संस्थापक अध्यक्ष धनबहादुर विश्वकर्मा, संस्थापक प्रथम उपाध्यक्ष रेनु कार्की, सस्थापक सल्लाहकार तिलविक्रम थेवे लगायतले अधिवेसनको शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष लिम्बूको अध्यक्षता, महासचिव ज्ञानेन्द्र रसाईलीको संचालन र प्रथम उपाध्यक्ष तोरण बस्नेतको स्वागत मन्तव्य रहेको उद्घाटन समारोहलाई अनु तामाङ, जुनुमाया कुमाल, सुनिता शेर्पा, रीना लिङदेन, लोक दोहोरी प्रतिष्ठान कतारका रामहरी चौलागाई, सरला तामाङ, लक्ष्मी कार्मीलगायतका कलाकारहरुको सुमधुर सांगीतिक प्रस्तुतीले कार्यक्रम थप रोचक बनाएको थियो ।
सोही अवसरमा ईलाम सेवा समाजलाई विविध क्षेत्रबाट सहयोग पुर्याउँदै आएका गोरखा रेष्टुरेन्ट नजमालाई विशेष सम्मान गरिएको थियो भने संस्थालाई दिदै आएको योगदान स्वरुप सोलुखम्बु निवासी प्रेम विश्वकर्मालाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।