मुर्तिदाता थेवेद्वारा घुर्बिसे पञ्चमी शिवालय मन्दिर उद्घाटन

  युद्धबहादुर बोहोरा
84 Shares

घुर्बिसे पञ्चमीः  इलाम र पाँचथर सिमाना घुर्बिसे पञ्चमी बजारमा निर्माण भएको शिवालय मन्दिरलाई मुर्ति दाता देउमान थेवेले उद्घाटन गरेका छन् । पाँचपाण्डव धारा र पात्ले धाराको शिरमा फाल्गुनन्द गाउँपालिकाको लगानीमा निर्माण गरिएको घुर्बिसे पञ्चमी शिवालय मन्दिर विधिवत पुजासहित  शिवको मुर्ति प्राण प्रतिस्थापन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । नेपाली कांग्रेस झापा जिल्ला सभापतिसमेत रहेका समाजसेवी थेवेले भारतबाट मगाएर ल्याएको शिवको मुर्तिसहित शिव लिङ्ग सौजन्य गरेर आइतबार एक कार्यक्रमका बीच मन्दिर संचालनमा आएपछि  पुजापाठ गर्ने  टाढा जानु पर्ने वाध्यता अन्त्य भएसंगै स्थानीय बासीमा खुशी छाएको छ ।

विगत केही वर्ष अघि निर्माण गरिएको मन्दिरको विविध कारणले संचालन हुने सकेको थिएन । मन्दिरमा पुजाआजासहित प्रसाद ग्रहण, कलशयात्रा, भजनकृतन, मुर्ति भित्रयाउँने कार्यक्रम उद्घाटनमा गरिएको हो । पालिका र मन्दिर व्यवस्थापन समितिको तर्फबाट दाता थेवेलाई सम्मान पत्रसहित दोसल्ल ओढाएर सम्मान गरिएको छ ।

६४ प्रतिशत भन्दा बढी लिम्बुजातीको बसोबास रहेको यस भुगोलमा धार्मिक सद्भाव र सहिष्णुता कायम राख्दै सवै जातजाती,समुदाय र धर्मावल्बीहरुको आस्थालाई गाउँपालिकाले सम्मान गर्ने उदेश्यले राखेको पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताए । साथै हरेक समुदायको संस्कार र संस्कृतिलाई साथ सहयोग गर्ने अभियान थालेको उनको भनाई छ ।  धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै पालिकामा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर आर्थिक उन्नतीमा टेवा मिल्ने लक्ष्य राखिएको जनाइएको छ ।

हाल मन्दिर निर्माण भई संचालनमा आएता पनि मन्दिरसम्म पुने सिंढी,रेलिङ,  वसाहाको मुर्ति,धारा,शौचालय,परिसरमा कम्पाउण्ड तथा वाल,भजन कृतन स्थल र पुजारी बस्ने कोठा पनि आवश्यक रहेको हुँदा इच्छुक दाताहरुलाई सहयोगको अपिल गरिएको छ । धार्मिक पर्यटन विकास र धार्मिक महत्व बोकेका स्थानको प्रवद्र्धनका लागि थप रकम पालिकाले सहयोग गर्ने उपाध्यक्ष ठाकुर नेम्बाङले प्रतिवद्धता जनाएका छन् ।

५ नम्बर वडाका अध्यक्ष विष्णु कुमार चेम्जोङ,निमित्त प्रमुख प्रशासकिय अधिकृत निर्मल अधिकारी,स्थानीयबासीको उपस्थितिमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको  समितिका सचिव वीर नरसिं चेम्जोङले जानकारी दिए । स्थानीय शिक्षक सूर्य प्रसाद लामिछानेले उद्घाटन कार्यक्रम सञ्चालन गरेको मन्दिरमा आजैबाट पूजाआजा तथा दर्शन गर्नेको चहलपहल बढेको छ । आगामी दिनमा व्यवस्थित गर्दै पुजापाठ निरन्तता दिइने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार