मिलन लिम्बूलाई भोट माग्न गृहमन्त्री लामिछानेसहित मन्त्रीहरु माङसेबुङ आउँदै

  नयाँ बुलन्द
119 Shares

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने वैशाख ७ गते शुक्रबार इलामको माङसेबुङ आउने भएका छन् ।

इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा आफ्नो उम्मेद्वार मिलन लिम्बूलाई भोट माग्न गृहमन्त्री लामिछानेसहित पार्टीका उपसभापति एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्थाल माङसेबुङ आउन लागेका हुन् ।

शुक्रबार दिउँसो १ बजे माङ्सेबुङ गाउँपालिका-५ को लारुम्बा र ४ बजे माङसेबुङ गाउँपालिका-६ माङमालुङमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभालाई लामिछाने र अर्यालले सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपा इलामले जनाएको छ ।

सभालाई लामिछाने र अर्यालसहित पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य एवम् साँसद निशा डाँगी‌ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

रास्वपाले चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार