माइजोगमाईमा सञ्चालनमा रहेका सफ्टवेयर सम्बन्धी अभिमुखीकरण

  नयाँ बुलन्द
28 Shares

इलाम :  इलामको माईजोगमाई गाउँपालिकाको आयोजनामा गाउँपालिकामा संचालनमा रहेका सफ्ट्वेयरहरू सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

माईजोगमाई गाउँपालिकाले पालिकालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउनको लागि हाल १० वटा भन्दा धेरै विभिन्न सफ्टवेयरू संचालनमा ल्याएको छ । गाउँपालिकाले केही दिन अगाडि माध्यमिक बिद्यालयहरूमा ई-हाजिरी जडान कार्य सम्पन्न गरेको छ भने पालिकाभित्र रहेका वडा कार्यालय स्वस्थ्य संस्था तथा विद्यालयहरू सिफारिस साथै दर्ता चलानीको काम अनलाईनबाट गर्दै आएको छ । विद्यालय बाहेक अन्य कार्यलयमा गत आर्थिक बर्षबाट नै सिफारिस दर्ता चलानी संचालनमा ल्याएको थियो ।

स्थानिय संचित कोष प्रणाली (सुत्र) बाट कर संकलन गर्ने ईलाम जिल्लाकै पालिका मध्येमा  माईजोगमाई गाउँपालिका  पहिलो गाउँपालिका भएको दावी गर्दै आएकोमा पालिकाले यस वर्षबाट १० वटा भन्दा बढी सफ्टवेयर संचालनमा ल्याएको छ ।

स्थानीय सरकार प्रत्यक्ष जनतासगँ नजिक रहेको सरकार भएकोले जनताका कामहरू छिटो छरितो गर्नको लागि विभिन्न सप्टवेयर मार्फत काम गर्दै आएको पालिकाले जनाएको छ ।

माईजोगमाई आधारभूत अस्पताल र प्याङ प्राथमिक स्वस्थ्य केन्द्र बाट प्रदान गरिएको बिमाको काम पनि अब लाइभ एपीआइ सिस्टम बाटसंचालनमा आएको सुचना प्रबिधि शाखाले जनाएको छ ।

पालिकाबाट सिफारिस, दर्ता चलानी, जिन्सी, ई-हाजीरी, सामाजिक सुरक्षा, पन्जीकरण, राजश्व प्रणाली, योजना, स्थानीय संचित कोष प्रणाली (सुत्र), पाम्स, बिमाको लागि लाइभ एपीआइ सिस्टमलगायतको प्रणालीहरू संचालनमा राखेको छ ।

अभिमुखीकरण कार्यक्रम माईजोगमाई गाउपालिका प्रशासन शाखा प्रमुख तथा निमित्व कार्यलय प्रमुख गोकुलप्रसाद संजेलको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यतामा सम्पन्न भएको हो ।

अभिुखीकरण कार्यक्रममा माईजोगमाई गाउँपालिकाका सबै वडाका कर्मचारीहरू स्वस्थ्य संस्थाका कर्मचारीहरू बिद्यालयका शिक्षकहरू ईलाका प्रहरी कार्यलयका प्रहरीहरू पालिकाका कर्मचारीहरूलगायतको उपस्थिति थियो।

कार्यक्रमको सहजीहरण सफ्टेक ईन्फोसिसका प्रवेश आचार्यले सहजीकरण गरेकफ कार्यक्रमको संचालन माईजोगमाई गाउँपलिकाका कम्प्युटर अपरेटर अशोक लिम्बुले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार