आज इलाममा पहिचान पक्षधरको चुनावी सभा, हर्क साङपाङदेखि युग पाठकसम्मले सम्बोधन गर्ने

  नयाँ बुलन्द
231 Shares

इलाम : पहिचान पक्षधर ४१ घटकले आज (मङ्गलबार) इलाममा वृहत् चुनावी सभा गर्दैछ । प्रदेश नं. १ पुननामाङ्कन संयुक्त संघर्ष समिति इलामको आयोजनामा इलाम चोक बजारमा चुनावी सभा हुन लागेको हो ।

सभालाई धरान उपमहानगरपालिकाका प्रमुह खर्क साङपाङ (हर्कराज राई), पहिचानवादी अभियान्ताहरु केशवमान शाक्य, स्वागत नेपाल, डा. मित्र परियार, युग पाठकलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

साथै राष्ट्रिय कलाकारहरु एकदेव लिम्बू, सुनिता थेगिम, गंगा फियाक, तिर्सना नेम्बाङ, जेवी नेम्बाङलगायतको साँगीतिक प्रस्तुति समेत रहनेछ ।

आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-२ मा पहिचान पक्षधर घटकबाट साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू (थेगिम) छन् ।

उनले ‘मुढा’ चुनाव चिन्ह पाएका छन् । थेगिमले चुनावी नतिजा आफ्नो पक्षमा पार्न चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । थेगिम प्रदेश नामाङ्कनको विषयलाई लिएर कोशी प्रदेशमा आन्दोलनरत ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति’ को तर्फबाट साझा उम्मेद्वार बनेका हुन् । तत्कालीन प्रदेश १ लाई कोशी नामाकरणपछि त्यसका विरुद्ध आन्दोलनको नेतृत्वमा रहेका थेगिमले सङ्घीयतालाई बलियो बनाउँदै पहिचान, समान अधिकार, शान्ति र दीगो विकासको अजेण्डा लिएर मतदातामाझ पुगिरहेका छन् ।

उनले प्रदेश पुन:नामाकरणको मुद्धालाई प्रतिनिधिसभा मार्फत राष्ट्रिय मुद्धा बनाउने अभियानका लागि यस पटक मतदाताले पहिचान पक्षधर उम्मेद्वार नै चाहेको दावी गरेका छन् । उनलाई सत्ता साझेदारी दल जनता समाजवादी पार्टीसहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार