कम्युनिष्ट एकताको आधार तय गर्न एमालेलाई समर्थन : पूर्वमन्त्री गजुरेल

  राम योङहाङ
126 Shares

इलाम : पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले पूर्वबाट कम्युनिष्ट एकताको आधार तय गर्न उपनिर्वाचनममा एमालेको उम्मेद्वारलाई समर्थन गरेको बताएका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेलले सोमबार इलाममा सञ्चारकर्मीहरुसँग कम्युनिष्ट एकताको सन्देश इलामबाट सुरु भएको बताए ।

आउँदो वैशाख १५ गते इलाम-२ मा हुने उपनिर्वाचनमा एमाले उम्मेद्वार सुहाङ नेम्बाङलाई विजयी गराउन माओवादी कार्यकर्तालाई निर्देशन दिन इलाम आएका गजुरेलले सो कुरा बताएका हुन्  ‘पहिले पनि कम्युनिष्ट एकता भएको थियो, झण्डै दुई तिहाई मत जनताले दिएका पनि हुन्, तर हामी सबै कमजोरीका कारण त्यो दिगो हुन सकेन,’ गजुरेलले भने, ‘सबैले आफ्नो तर्फबाट कमजोरी समीक्षा गरी पुन: कम्युनिष्ट शक्तिबीचको एकताको आवश्यकता महसुस भएको छ, यसको सकरात्मक सन्देश इलामबाट प्रवाह भएको छ ।’

नेपालमा कम्युनिष्ट शक्तिबीच टुठफुटका कारण जनताले दु:ख पाउनुपरेको बताउँदै उहाँले जनताको मुक्तिका लागि कम्युनिष्ट शक्तिबीच एकताको विकल्प नरहेको बताए ।

उनले इलाम-२ मा आफ्नो समेत समर्थन रहेकाले एमाले उम्मेद्वार सुहाङ नेम्बाङको जित निश्चित रहेको बताए । ‘त्यसैपनि यो क्षेत्र कम्युनिष्टहरुको जनाधार भएको क्षेत्र हो, त्यसमा पनि हाम्रो साथ र समर्थन पाउनुभएको छ,’ उनले भने, ‘कांग्रेसभित्रको अन्तरविरोधले हामीलाई जित्नका लागि झनै सहज भएको छ ।’

फरक प्रसङ्गमा गजुरेलले कोशी प्रदेशको नामाङकरणपछि जारी आन्दोलनलाई वार्ता र संवादकै माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशको नाम कोशी राख्नका लागि आफ्नो पार्टीका तर्फबाट त्रुटी भएको स्वीकार गर्दै त्यसलाई सच्याएर जान माओवादी तयार रहेको बताए । उनले नाम परिवर्तनका लागि माओवादीले एमालेसँग वार्ता र संवाद गरी आवश्यक वातावरण तयार गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार