इलामको उपनिर्वाचनबाटै कांग्रेस कमजोर छैन भन्ने सन्देश दिनुपर्छ : शेखर कोइराला

  नयाँ बुलन्द
49 Shares

इलाम : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले इलाम-२ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी हुने बताएका छन् । कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि उपनिर्वाचन कांग्रेसले जित्नै पर्ने दबाब रहेको उनको भनाइ थियो ।

उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले सोमवार यस्तो बताएका हुन् । ‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको बिषय भएको छ’, कोइराला भने ।

कांग्रेसको भविष्य निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै उनले पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर अगाडि बढ्नुपर्ने बताए ।
जति जना आकांक्षी भए पनि टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरूले मन दुखाउन नहुने उनको भनाइ थियो ।

उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै उनले कांग्रेसका हरेक कार्यकर्ताले म नै उमेदवार हुँ भनेर निर्वाचनमा लाग्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार