इलाम : इलाम क्षेत्र नं २ का लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ वटा मुद्दा अगाडि सारेका छन् । यही वैशाख १५ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणसहित ८ वटा मुद्दा अगाडि सारेका हुन् ।
उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कूल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन् ।
यस्तै इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटाइजेसन २.० र प्रबुद्ध कार्यान्वयन समूह उम्मेदवार खड्काका मुद्दा बनेका छन् ।
उनले ‘इलम इलाम’ अवधारणाले इलाम- २ वासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभूति आत्मसात गरेको बताएका छन् ।
‘इलम इलाम’ अवधारणसहित कांग्रेस उम्मेदवार खड्काका यी हुन् ८ मुद्दा