इलाममा मोटरसाईकल दुर्घटना, श्रीमान्-श्रीमती घाइते

  नयाँ बुलन्द
2.1k Shares

इलाम : इलाममा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार अन्दाजी १०:३५ बजे मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका-१ मिलगोलाईमा पाँचथरबाट झापातर्फ जादैँ गरेको मे११ प ९१५३ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको दाँया साइडको पिलरमा ठोक्किएको थियो ।

दुर्घटनामा परो मोटरसाइक चालक पाँचथरको फिदिम नगरपालिका-९ का ५१ वर्षीय रामप्रसाद लावती र पछाडी सावर उनकै श्रीमती ४६ वर्षीय मनकुमारी लावती रहेका छन् ।

रामप्रसादको दाहिने खुट्टा भाँचिएको, अनुहारमा चोट अबस्था बोल्न सक्ने मध्यम रहेको र मनकुमारीको देब्रे पाटा खुस्किएको, शरिरको विभिन्न भागमा चोट रहेको र बोल्न नसक्ने गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल इलामतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय इलाम प्रहरी नायव उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार