घुर्बिसेमा दर्शकको ओइरो, गीत गाउँदा गाउँदै स्टेजमा भावुक बने प्रशान्त तामाङ

  युद्धबहादुर बोहोरा
630 Shares

घुर्बिसे पञ्चमीः घुर्बिसे पञ्चमीमा आयोजित सेहोनाम्लाङ महोत्सवको सांगीतिक कार्यक्रममा  गायक तथा अभिनेता प्रशान्त तामाङको पर्खाइमा थिए दर्शक । नयाँ वर्षको अवसरमा इलाम र पाँचथरको सिमानामा आएका उनी दिउँसो पर्यटकीय स्थल सुकेपोखरीमा घुम्न गए । साँझपख महोत्सवमा आइपुगे । त्यसबेला उनले गाएका चर्चित गीतहरु सांगीतिक माहोलमा घन्किन्दै थिए । आयोजक,अतिथि दर्शकले उनलाई भव्य स्वागत गरे । प्रायः सुविधा सम्पन्न र परिचित ठाउँमा मात्रै उनलाई बोलाइने सेलीब्रेटी तामाङ ग्रामीण ठाउँमा आइपुग्दा सोचे भन्दा फरक माहोल देखे । उनले सबैलाई सम्बोधन गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे ।

 

अनि विदेशीएका आफन्तहरुको सम्झनामा डेडीकेट भन्दै शुरु गरे “विछोडको करौतीले काट्नु मनै काट्यो, जाँदा जाँदै मुलबाटोको दुईटा बाटो फाट्यो…. यहाँबाट आफ्नो प्रस्तुती थाले । दर्शकको हुटिङ् बढ्न शुरु गर्यो । एकपछि अर्को मार्मिक गीतहरु गुञ्जिन थाले । जब उनले “घामको हो… माया,जुनको माया.. अझै धेरै उनको माया…” गीत गाउँदा गाउँदै स्टेजमा आँफै भावुक बने अनि आँसुसम्म खसाले । केही बेर रोकिए । उनले भने, ‘आफ्नो सानो छोरी आरिया बुबा र आमाको सदैव साथ खोज्छिन् । त्यसैले लामो समयदेखि कुनै पनि प्रोग्राममा नगएको र यसबेला छोरीदेखि टाढा रहेको समयमा यस गीतले छोरीको याद आयो मन छोयो।’ यसैकारण उनी भावुक बने । सानै उमेरमा बुबा र केही वर्ष अघि मात्रै आमा गुमाएका ईण्डियन आइडल तामाङले आफ्नी सानी छोरीको बढी सम्झना भएकाले भावुक बनेको दर्शक सामु सुनाए । तामाङलाई अभिभावकको महत्व र छोराछोरीलाई माया प्रेमको अभावमा  कस्तो पीडा हुन्छ यसकुराले मन छोएको बताउँदै  ग्रामीण क्षत्रेका दर्शक र शुभचिन्तकले देखाएको माया प्रेम थाम्न नसकेर आँसुसम्म खसालेको भन्न भ्याए ।

इलाम र पाँचथरको सिमाना घुर्बिसे पञ्चमीमा चैत्र २६ गतेदेखि एक हप्तासम्म संचालित महोत्सवमा नयाँ वर्ष २०८१ को पहिलो उनी पहिलो पटक पाँचथरमा आएका थिए । दर्शकको ओइरो लागेको यस साँगीतिक साँझमा केही समय शुभचिन्तकहरु पनि यस बेला भावुक देखिए ।

महोत्सवमा फाल्गुनन्द गाउँपालिका घरभइ स्थानीय क्षेत्र बाहिर रहेका कलाकार निरन्ता नेम्वाङ, गायक तथा संगीतकार असोक मुकारूङ, एकान्त आङ्देम्बे,जेपी नेम्वाङ,आइन्द्र नेम्वाङलगायतले अघिल्ला दिनमा साँगीतिक माहोल तताएर दर्शकलाई मनोरन्जन दिलाएका थिए । यसै अवसरमा दर्जनौ स्थानीय कलाकारले कला प्रदर्शन गर्ने मौका पाए ।

यस ठाउँमा पहिलो पटक हाम्रो गन्तव्य,संस्कृति प्रवर्द्धन भन्ने उदेश्यले आयोजना गरिएको सेहोनाम्लाङ औधौगिक तथा साँस्कृतिक पर्यटन महोत्सवलाई सम्पन्न गर्न पाँचथरको फाल्गुनन्द,मिक्लाजुङ र कुम्मायक गाउँपालिका र वडापालिकाहरुको सहयोग रहेको छ । साथै इलामको फाकफोकथुम गाउँपालिका र विदेशबाट तथा स्थानीयबाट पनि सहयोग गरिएको आयोजकले जनाएको छ । महोत्सव मार्फत  स्थानीय धार्मिक तथा पर्यटकिय स्थलको प्रचारप्रसार,खेलकुद,भाग्यशाली उपहार योजना,अर्गानिक रैथानेखाना,स्थानीय उत्पादित कला,कृषिजन्य वस्तुलगायतको व्यापार पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार