रास्वपाले उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक ६ जनामध्ये लिम्बुलाई बिहीबार आधिकारिक उम्मेदवार घोषणा गरेको छ । रास्वपाको आधिकारिक उम्मेदवार बनेपछि कुरा गर्दै उनले संघीयता र पहिचानको विषयलाई लिएर रास्वपामाथि प्रश्न उठेको विषय आफूले उठाएको बताए ।
‘संघीयता र पहिचानको विचार पार्टीमा राखें । पहिचान र संघीयता विरोधी होइन भनी नेतृत्वले भन्नुभएको छ’, लिम्बूले भने, ‘प्रदेश सभाको संख्या र अधिकार नदिएकामा हाम्रोे विमति हो भन्नुभएको छ । त्यस आधारमा हाम्रो सहकार्य भएको हो ।’
रास्वपा नेतृत्वले आफूसँगको कुराकानीमा पहिचानको सन्दर्भमा अस्तित्व स्वीकार्ने विषयमा आफूहरुको विरोध नभएको भनी विश्वास दिलाएको पनि लिम्बूले बताए ।
१७ चैतमा उम्मेदवार चयन गर्ने कार्यतालिका बनाएको रास्वपाले त्यसको दुई दिन अघि नै लिम्बूलाई उम्मेदवार बनाउने निर्णय लिएको छ । गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपाने उम्मेदवार हुन आकांक्षा राखी नाम दर्ता गराएका थिए । लिम्बूलाई सबै आकांक्षीबाट सर्वसम्मत उम्मेदवार चयन गरिएको रास्वपाले जनाएको छ ।
– अनलाइन खबर