प्रदेश सरकारले लब्रेकुटी र सिलौटीलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै

  युद्धबहादुर बोहोरा
49 Shares

पाँचथरः लब्रेकुटी र सिलौटी क्षेत्र प्राकृतिक र धार्मिक रुपमा चिरपरीचित छ ।  त्यही क्षेत्रलाई किराँत धर्मको प्रमुख केन्द्र बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहले धेरै योजनाहरु संचालन गर्दै आएका छन् । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको लब्रेकुटी र सिलौटीमा प्राकृतिक सुन्दरताले सजिएको छ । त्यस क्षेत्रको विकास गरी स्थानीयबासीको आर्थिक सुधार हुने भन्दै तीनै तहबाट लगानी सुरु गरिएको हो ।

पाँचथर जिल्लाको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाको सिमानामा पर्ने लब्रेकुटी र सिलौटी  राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको तपोभुमी , कर्मभुमी र समाधी स्थलको रुपमा पनि चिन्ने गरिन्छ । विगत वर्षहरुमा छिटफुट रकम विनियोजन हुन्थ्यो । संघीय संरचनापछि तीनै तहबाट त्यस क्षेत्रको विष्तृत कार्ययोजना बनाएर लाखौं रुपैया लगानीमा पुर्वाधार निर्माण गरी थप आकर्षण स्थल बनाउने काम भइरहेका फिदिम नगरपालिका ३ नम्बर वडाअध्यक्ष नरन्द्र गुरुङले बताए ।

करीब तीन हजार रोपनी क्षेत्रमा फैलिएको लब्रेकुटी र सिलौटी शान्त र रमणीय स्थलका रुपमा परिचित छ । गत वर्षसम्म तीनै तहबाट करीब चार करोड बराबरको रकम विनियोजन गरी निर्माणको काम भइसकेका छन् । प्रदेश सरकाले १९ करोडको बहुबर्षे ठेक्का मार्फत काम सुरु भएको छ । त्यस स्थानमा सडक, पार्क, भवन, कटेज, भ्यूप्वाइन्ट, गार्डेन, पदमार्ग र पोखरी निर्माण भइरहेको छ । यस स्थानमा धेरै पटक योजना पार्ने काम र अत्यन्तै धेरै ठुला रकमका योजनाहरु  विनियोजन गरी किरात धर्मावालम्बीहरुको प्रमुख आस्थाको केन्द्र र पर्यटकिय क्षेत्रको रुपमा विकाश गर्ने अभियानमा लागिपरेको पाँचथर प्रदेससभा ‘ख’ का सांसद तथा पूर्व प्रदेश अर्थ मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

लब्रेकुटी सिलौटी क्षेत्रमा बन्यजन्तु, जडीबुट्टी पाइनुको साथै त्यहाँबाट रमणीय हिमश्रृंखला प्रयाप्त देख्न सकिन्छ । समुद्र सतहबाट २७ सय मिटर उचाईमा लब्रेकुटी र सिलौटी पर्दछ ।यो मेची राजमार्ग नजिकै पर्ने भएको हुँदा आगन्तुकलाई आउन सहज पनि छ।

 

१९८८ सालमा नेपालको पुर्वमा पर्ने नौ जिल्लाका समाजसेबी तथा बुद्धिजीबीहरु भेला गराई राष्ट्रिय विभुती  महागुरु फल्गुनन्दले लिम्बु समाज सुधार नीति नियम बनाएर अभियान शुरु गरेको ठाउँ पनि हो । अहिले यस स्थानलाई जिल्लाकै प्रमुख गन्तब्य स्थल बानाउन तीनैतहको सरकारबाट प्रयाप्त बजेट विनियोजन भइरहेको स्थानीयबासी सुवास तुम्बापोले खुशी ब्यक्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार