पवित्रहाङ्मा कप : कनकाई नगरपालिका सेमिफाइनल प्रवेश

  नयाँ बुलन्द
357 Shares

इलाम : इलामको धार्मिक क्षेत्र माङसेबुङमा जारी १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगितामा कनकाई नगरपालिका झापा सेमिफाइनल प्रवेश गरेको छ ।

आज (विहीबार) भएको दोस्रो क्वाटरफाइनल खेलमा विदेशी टोलि विवाइसी भुटानलाई २-० को सहज जितमा रोक्दै कनकाईले अन्तिमा चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रतियोगिता अन्तरगत भोलि (शुक्रबार) मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र नवोबुद्ध युवाक्लब सप्तरीबीच प्रतिप्षर्धा हुनेछ ।

पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगितामा प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा छ ।

विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६८ ‍औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगिताको फाइनल २ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार