माङसेबुङ-१ का ६२ विद्यार्थीले पाए न्यानो कपडा र स्कूल ब्याग

  नयाँ बुलन्द
665 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित रत्नदेवी आधारभूत विद्यालयका ६२ जना विद्यार्थीले न्यानो कपड र स्कूल ब्याग पाएका छन् ।

बिहीबार विहान विद्यालयमा आयोजित कार्यक्रममा लायन्स क्बल अफ विग बुद्ध र लियो क्लब अफ दमकले विद्यार्थीलाई जाडोको न्यानो कपडा जम्पर र स्कूल व्याग वितरण गरेको हो । साथै विद्यार्थीहरुलाई कपी र बलपेन समेत वितरण गरेको छ ।

चिसोका कारण विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ न्यानो कपडा वितरण गरिएको लायन्स क्लबका अध्यक्ष नविन श्रेष्ठले बताउनुभयो ।

लायन्स क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षता र माङसेबुङ गाउँपालिका १ नं. वडा अध्यक्ष भूपाल योङहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व वडाअध्यक्ष भक्तराज लिम्बूलगायतको उपस्थिति थियो ।

सोही अवसरमा स्वास्थ्य शिविर समेत सञ्चालन भएको छ । शिविरबाट २९ जनाले सेव लिएका छन् । लाइफ लाइन अस्पतालका डा. नवराज सापकोटाले स्वास्थ्य परीक्षण गरी स्वास्थ्य परामर्श सेवा दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार