पाँचथर गोल्डकप फागुन १२ गतेबाट हुने

  नयाँ बुलन्द
343 Shares

पाँचथर : पाँचथर गोल्डकपको चौंथो संस्करण आगामी फागुन १२ गतेदेखि १९ गतेसम्म हुने भएको छ ।

आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेला मार्फत जानकारी दिएको हो । करिब चार वर्षपछि यो प्रतियोगिता फेरि हुन लागेको हो । अन्तिम पटक २०७६ को चैतमा भएको यो प्रतियोगिता त्यसपछि विभिन्न कारणले रोकिँदै आएको थियो ।

फिदिम माविको खेलमैदानमा हुने प्रतियोगितामा एक विदेशी क्लबसहित ८ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा सहभागी टिमको टुङगो भने लागिनसकेको आयोजक क्लबका सचिव योगराज सेढाइले जानकारी दिए ।

उनका अनुसार मोफसलका झापा, मोरङसहित ए डिभिजन लिग खेल्ने टिम र एनएसएल खेल्ने टोलीहरुलाई सहभागी गराउने प्रयास भइरहेको छ । प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रोले दुई लाख २२ हजार रुपैयाँ पुरस्कार पाउनेछन ।

सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार