इलाम गोल्डकप : टाइब्रेकरमा एनआरटी सेमीफाइनल प्रवेश

  राम योङहाङ
777 Shares

इलाममा जारी ‘प्रथम इलाम गोल्डकप’ को तेस्रो क्वार्टरफाइनल खेलमा बलका संघर्ष गर्दै न्युरोड टिम (एनआरटी) का विदेशी खेलाडी जोन ग्लोरी (हरियो) र बाग्मती युथ क्बल सर्लाहीका अनिल राना मगर (रातो) ।

इलाम : न्युरोड टीम (एनआरटी) इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वार्टरफाइलन खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई टाइब्रेकमार ४-३ गोल अन्तरले रोक्दै एनआरटीले सेमीफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित  सयम र अतिरिक्त समयमा समेत दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एनआरटीका सनम लिम्बू, सरोज तामाङ, सुमित श्रेष्ठ र जय गुरुङले सहजै जाली चुमाए ।

उता बाग्मतीका आयुस राना मगर, बिमल घिसिङ र अभिषेक महतोले जाली चुमाएपनि कप्तान दावा गुरुङको प्रहार एनआरटीका गोलकिपर य्भेस प्रिसोले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाएका थिए । निर्मल घिसिङको प्रहार बाहिरिएको थियो ।

निर्धारित समयमा दुवै टिमका खेलाडीले पाएको केही अवसर सदुपयोग गर्न नसक्दा विजेता निर्धारण हुन टाइब्रेकरसम्म पर्खनुपरेको थियो । जितसँगै एनआरटीले बुधबार हुने पहिलो सेमीफाइनलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामसँगको भेट पक्का गरेको छ । रेडहर्षले पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४-० ले रोक्दै सेमीफाइनलको यात्रा तय गरेको थियो ।

खेलको म्यान अफ द म्याच उपविजेता बाग्मतीका आयुस राना मगर घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे ।

मङ्गलबार अन्तिम क्वार्टरफाइनलमा पाँचथर फुटबल क्लब र लुम्बिनी फुटबल क्लब बुटवलबीच प्रतिष्पर्धा हुनेछ ।

रेडहर्ष फुटबल क्बल इलामको आयोजनामा जारी गोल्डकपमा भारतको एक टिमसहित ८ टिमले सहभागीता जनाएका छन् । गोल्डकपको विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद पाँच हजार प्रस्कार प्रदान गरिने आयोज रेडहर्षका अध्यक्ष साङ्गे योल्मूले बताए ।

गोल्डकपो फाइनल माघ १३ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार