वनभोज खान हिँडेको बस दुर्घटना २० जना घाइते

  नयाँ बुलन्द
742 Shares

दाङ : दाङमा बस दुर्घटना भएको छ । तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा बर्दियाबाट पिकनिकका लागि आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

बर्दियाको बढैया ताल गाउँपालिका–६  मैना पोखरमा रहेको पिपरहवा कृषि कृषक समूहबाट दाङ चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एव प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक पोख्रेलका अनुसार तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ वनको उकालोमा दुर्घटना हुँदा करिब २० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरेर तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पताल ल्याउने क्रम चलिरहेको प्रहरी नायव उपरीक्षक पोख्रेलले जानकारी दिए ।

उद्धार गरेर घाइतेहरूलाई ल्याउने काम भइरहेकाले बस कसरी दुर्घटना भयो भन्ने र कति जना यात्रु थिए भन्ने बारेमा अझै खुल्न नसकेको उनले जानकारी दिए ।

तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत दमार गाउँमा दुर्घटना परेको बस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार