१० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुने

  नयाँ बुलन्द
70 Shares

काठमाडौं : ११ महिनामा ९ लाखभन्दा बढी पर्यटक भित्रिएपछि सरकारकाे २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने सङ्केत देखिएको छ ।

जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार पर्यटक भित्रिएका छन् । नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६३० पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका थिए ।

यस्तै, कोरोना महामारी शुरु हुनुअघिको वर्ष सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय २ जना पर्यटक नेपाल आएका थिए । यसवर्ष नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भित्रिने १० देशमा भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ९६२, बङ्गलादेशबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ रहेका छन् ।

नेपाल भित्रिने पर्यटकमा सार्क राष्ट्रको हिस्सा ३० दशमलव ३ प्रतिशत, युरोपको २० दशमलव ९ प्रतिशत, सार्कबाहेक एसियाका देशको २० दशमलव ७ प्रतिशत, अमेरिकाको १२ प्रतिशत रहेको छ । कोभिड माहामारीअघि नेपालमा वार्षिक १२ लाख पर्यटक भित्रिने गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार