विश्व पर्यटनमा चिनियाँ पर्यटकको योगदान

  निनाम लोवात्ती
70 Shares

निनाम लोवात्ती

चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित एक संस्था ‘चाईना आउटबाउन्ड टुरिज्म रिसर्च ईन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १७० मिलियन चिनियाँ नागरिकहरु पर्यटक भएर विदेश घुम्न निक्लिएका थिए भने, सन् २०२३ मा ११० मिलियन चिनियाँ नागरिकहरु पर्यटक भएर विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । त्यस्तै सन् २०१९ मा चिनियाँ पर्यटकहरुले विश्वका विभिन्न देश घुम्न क्रममा २५४ दशमलब ६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । हुन पनिविगत केही वर्षदेखि धेरै भन्दा धेरै चिनियाँ नागरिकहरु पर्यटकका रुपमा विश्वमा भ्रमण निक्लने र विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिन थालेपछि आ-आप्mनो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि विभिन्न देशले चिनियाँ पर्यटकका लागि अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थिए । जस्तो पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले केही वर्ष अघिदेखि चिनियाँ पर्यटकलाई फ्रि भिसामा आप्mनो देश घुम्न दिने गरेको छ । उता ट्रिप डट कम, डाटा ग्रुपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बर अन्तिम ताका मात्रै २५४ प्रतिशतले चिनियाँ नागरिकहरुले अन्य देशको भ्रमणमा जानका लागि भनी अग्रिम रुपमा टिकट काटेको तथ्यांक रहेको थियो ।

मेरो विचारमा चिनियाँ पर्यटक धेरै भन्दा धेरै नेपाल भित्र्याउनका लागि चीनको ठूलो र धेरै जनसंख्या भएका सहरहरु जस्तै १, चोङकिङ । २, साङघाई । ३, बेईजिङ । ४, छेङदु । ५, ग्वाङझाओ । ६, शेनजेन । ७, तियानजिन । ८, वुहान । ९, शुझोउ । १० लिनयी । ११, हार्बिन । १२, शिझियाझुवाङ । १३, ह्वाङझाओ । १४, झेङझोउ । १५, सियान । १६, नानयाङ । १७, गाङझोङ । १८, हान्दाङ । १९, क्विङदाओ । २०, बाओदिङ । २१, वेईफाङ । २२, वेनझोउ । २३ जिनान । २४ सुझोउ । २५ हेजे आदि सरहमा चीन-नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । माथि उल्लेख गरिएका चीनको ठूलो २५ सहरमा ३२ दशमलब ०५ मिलियनदेखि ८ दशमलब ७८ मिलियन चिनियाँ जनताको वसोबास रहेको छ । त्यसैले ती सहरबाट शून्य दशमलब १ प्रतिशत मात्रै चिनियाँ नागरिकहरु नेपालमा पर्यटक बनेर भ्रमण गर्न आए भने उनीहरुको संख्या कति पुग्ला ? त्यसका कामका लागि हामीले चिनियाँ एयरलाईन्सहरु साउथ चाईना एयरलाईन्स, चाईना ईस्टर्न, एयर चाईना, हाईनान एयरलाईन्स, शाङघाई एयरलाईन्स, साङदोङ एयर, शेनजेन एयर, सिचुआन एयर, शियामेन एयर आदिलाई नेपालमा कम्तिमा हप्ताको एकएक उडान गराउन सके सुनमा सुगन्ध हुने थियो । अझ संभव भएदेखि हप्तामै २०-२२ उडान गर्न सके…। हुनत गत १७ जनवरीदेखि हिमालय एयरले चीनको राजधानी बेईझिङमा फेरि आप्mनो उडान सुरु गरिसकेको छ भने, नेपाल एयरलाईन्सले पनि चीनको राजधानी बेईझिङ, गुईयाङ, चाङसा, शेनजेन,चोङकिङ लगायत सहरमा उडान गर्ने तयारी गरिरहेको भन्ने समाचार आएको छ ।

हुनत चीन सरकारले २००३ देखि मात्रै चिनियाँ नागरिकहरुलाई पर्यटकका रुपमा नेपाल आउने अनुमति दिएको हो । हुनत सोही वर्ष ७ हजार ५६२ जना चिनियाँ नागरिकहरु पर्यटकका रुपमा नेपाल भ्रमण गर्न आएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढेको थयो गएको दुई तीन वर्ष (सन् २०२०, २०२१, २०२२ मा) बाहेक । त्यसैले हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रति व्यक्ति दैनिक धेरै खर्च गर्ने) को रुपमा विदेश घुमी रहेका, विश्वमै सबैभन्दा धेरै खर्च गर्ने त्यही चिनियाँ पर्यटकहरु नेपाल भ्रमण गर्न आउँदा चाहिँ किन कम खर्च गर्छन् ? वेलैमा सोचेर सोहीअनुसार चिनियाँ पर्यटक भित्र्याउने रणतीनि बनाउनुपर्ने देखिन्छ ।

त्यसो त सन् २०२३ को सुरु ताका हामीले जति चिनियाँ पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको थियो त्यो स्तरमा चिनियाँ पर्यटकको संख्यामा वृद्धि भई रहेको छैन, भएन । सन् २०२३ मा को चार महिना (मे, जुन, जुलाई र अगस्ट) को तथ्यांक हेर्दा मे महिनामा चार हजार ६६७ जना, जुन महिनामा चार हजार ३४३ जना, जुलाई महिनामा पाँच हजार ६९३ महिनामा र अगस्ट महिनामा पाँच हजार २७ जन मा मात्रै आएका छन् । नेपाल आउने चिनियाँ पर्यटकहरु किन छोटो अवधिका लागि मात्रै आउने गरेका छन्, किन कम खर्च गर्ने खालका चिनिायाँ पर्यटकहरु मात्रै नेपाल आई रहेका छन् ? यस सम्बन्धमा पनि हामीले गहिरो गरी अध्ययन गर्नुपर्ने हो कि ? भन्ने देखिन्छ । जस्तै चिनियाँ पर्यटकहरु नेपालमा चार/पाँच दिनदेखि नौ/१० दिनसम्म बिताउनेहरु बढी देखिन्छ । हुनत चिनियाँ पर्यटकहरु नेपाल आएपछि एकै जनाले ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ, कायाकिङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरुलाई आर्थिक रुपमा भने भारतीय र अन्य देशका पर्यटकबाट भन्दा चिनियाँ पर्यटकबाट धेरै फाइदा हुने गरेको देखिन्छ । तापनि हामीले डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तिमा आठ/दस दिनदेखि १४/१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटक र भारतीय पर्यटकहरु धेरै भन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नु पर्ने देखिन्छ । हुन पनि लगभग १० महिनाअघि ‘फोकस अन ट्राभल न्युज’मा आएको समाचारअनुसार सन् २०३० सम्ममा दुई सय २८ मिलियन अर्थात् २८ करोड चिनियाँ मानिसहरु विश्व भ्रमण गर्न पर्यटक भई घुम्न निक्लने छन् । यति ठूलो संख्यामा पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लने चिनियाँहरुमध्ये हामीले वार्षिक रुपमा एक दशमलब पाँच मिलियन (१५ लाख) चिनियाँहरुलाई नेपाल भित्र्याउन सके कस्तो हुँदो हो ? अहिले हामीले केवल कल्पना मात्रै गरौं । ‘फोकस अन ट्राभल न्युज’मा लेखिएको समाचारमा जनाईएअनुसार सन् २०१४ मा एक सय मिलियन अर्थात् एक करोड चिनियाँ नागरिकहरु विश्व भ्रमण गर्न निक्लेका थिए । त्यस्तै गरेर गत जनवरी २७ (सन् २०२३) को ‘साउथ चाइना मर्निङ पोस्ट’मा आएको अर्को एक समाचारअनुसार चीन सरकारले जनवरी महिनाको सुरु ताका विभिन्न २० वटा देशमा आप्mना देशका नागरिकलाई पर्यटकका रुपमा भ्रमण गर्न अनुमति दिएको थियो भने अर्को चरण (मार्च महिना) विश्वका अरु ४० वटा देशमा चिनियाँ नागरिकहरुलाई पर्यटक भई घुम्न जाने अनुमति दिएको थियो । दुःखद कुरो के थियो भने, चिनियाँ सरकारले आप्mना देशका नागरिकलाई पर्यटक भई घुम्न अनुमति दिएका पहिलो चरणको २० वटा देशमा नेपाल परेको थिएन । तर पनि दोस्रो चरणको अरु ४० वटा देशमा चिनियाँ नागरिकहरुलाई पर्यटक भई घुम्न जाने अनुमति दिएको देशमा भने नेपाल परेको थियो, छ ।

त्यसैले अभैm पनि हामीले सकेसम्म अर देशका पर्यटकका साथसाथै चिनियाँ पर्यकको संख्या बढाउनका लागि पनि नेपाल सरकार र चिनियाँ सरकारलाई हवाई यातायातको क्षेत्रमा उडान संख्या थप्नुका साथै नयाँ-नयाँ गन्तव्यहरु थप्नका लागि आग्रह गर्नुपर्ने देखिन्छ । खास गरी हामीले चीनको धेरै जनसंख्या बसोवास गर्ने सहरहरु (कम्तिमा पनि १५-२० वटा सहर) मा नेपाली महावाणिज्य दूतावास खोल्ने अनि ती महावाणिज्य दूतावासहरुलाई चीनबाट हवाई उडानका साथसाथै चीन र नेपालबीच पर्यटन, उद्योग, व्यापार-व्यवसायका लागि पहल गर्न र गराउन सकेदेखिन चिनियाँ पर्यटकको संख्या बढ्ने आशा गर्न सकिन्थ्यो । हुनत एकैचोटि यसरी चीनको धेरै जनसंख्या बसोवास गर्ने सहरहरु (कम्ति १५-२० वटा सहर) मा हवाई उडान गर्न, गराउन सकिँदैन र त्यसैले चरण-चरणमा हामीले यो काम गर्नैपर्ने हुन्छ । नेपालमा चिनियाँ पर्यटकको संख्या बढेमा नेपालीहरुको आमदानी पनि बढ्ने छ । किनभने हाल आएर चिनियाँ पर्यटकहरको संख्या मात्रै नबढेर उनीहरुको खर्च गर्ने क्षमता पनि बढ्दै गएर उनीहरु विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार