इलाम : नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले संघीयता र गणतन्त्र संस्थागत गर्न माओवादी सच्चिएर अघि बढ्नुको बिकल्प नभएको बताएका छन् । उनले बलिया राजनितिक मुद्धा भएको माओवादी विलोपीकरण हुन नसक्ने भएकाले जुरुमुराएर जनतामा आएको बताएका हन् ।
अखिल क्रान्तिकारी जिल्ला समिति इलामको सचिवालय वैठकलाई सम्बोधन गर्दै नेता तामाङले इतिहासमा यो भन्दा कमजोर हुने ठाउँ माओवादी पार्टीको नभएकाले विभाजन र विभक्त शक्तिहरुलाई एक ठाउँमा ल्याएर व्यवस्थित गर्ने मुद्धा मिल्नेसंग कार्यगत एकता गर्ने त्यो भन्दा मुल कुरा आम नेता कार्यकर्ताका विचमा जनयुद्धको सामिप्यता गरेर मात्र पुर्नगठन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । नेकपा माओवादी केन्द्रको तीन महिने अभियानको मुल जोड जनतासंगको सम्बन्धलाई सुदृढिकरण गर्ने भएकाले विद्यार्थीहरुलाई जनतासँग जोडिएर काम गर्न निर्देशन दिए ।
पार्टी र सरकारका कामलाई जनपक्षिय बनाउन आन्तरिक रुपमा मसिनो गरी छलफल गरि योजना बनाएर आम बौद्धिक वर्ग र विद्यार्थीहरु एक भएर अभियानमा लाग्नुपर्ने उनले बताए । गहिराईमा पुुगेर आम जनताको सुझाव अनुसार पार्टी निर्माण गर्न नसके माओवादी रमझम मै सकिने भएकाले तीन महिने अभियान सफल बनाउन तामाङले जोड दिए । माओवादी केन्द्रका अध्यक्षको नेतृत्वमा सरकार गठन भएकाले सदियौ देखि ढलको रुपमा रहेको भ्रष्टचार विरुद्ध काम गरिरहेको सरकारलाई सुशासनको पक्षमा दह्रोसँग उभिन खबरदारी विद्यार्थीले गनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष बिजय खम्बु राईले माओवादी सकिएको नभएर सच्चिएर जनतामा काम गर्र्ने बताए । युद्धबाट आएको पार्टीले कुनै कुनै कमजोरी भएपनि अब सच्चिएर जनताको काम गर्ने उनले बताए । सच्चिनुपर्छ भन्ने कार्यकर्ताको चाहना भएकाले त्यही अनुरुप सहिद परिवार, पि एल ए, घाइते, पार्टी छाडेकाहरुको घरमा जनताको मनमा पुगेर पार्टी पुर्न निर्माण गर्ने सोचका साथ विद्यार्थीहरु पनि लाग्नुपर्ने उनले बताए । र्बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य प्रभास सर्मा, दिपेन राई, अग्रज विद्यार्र्थी नेता गञ्जु प्रधान, अखिल क्रान्तिकारी इलाम अध्यक्ष नयन राई, केन्द्रिय सदस्य विपिन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।