भ्रष्टाचारको फाइल पल्टाउँदा नेकपा एमाले रिसायोः केन्द्रीय सदस्य साँवा

  नयाँ बुलन्द
147 Shares

इलाम : नेकपा (माओवादी केन्द्र)  का केन्द्रीय सदस्य कुदप्रसाद साँवा कुशलले भ्रष्टाचारीहरुको फाइल पल्टाउन खोज्दा नेकपा एमाले विपक्षी भएर माओवादीलाई आक्रमण गरेको बताएका छन् ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरगत इलाम जिल्लाको माई नगरपालिकामा आयोजित विस्तारित बैठक तथा अभिमुखिकरण अभियानमा साँवाले अब बिस्तारै गिरीबन्धु टि स्टेटमा भएको जग्गा काण्ड खोलेर जनतामाझ ल्याउने बताएका छन् ।

भ्रष्टाचारमा माओवादीका नेता किन नहोस् दोषी छ भने तिनलाई पनि कटघरामा ल्याउनुपर्छ भन्दै भ्रष्टाचारीहरुलाई सम्मान गरेर राख्ने दिन गएको बताए ।

केन्द्रीय सदस्य साँवाले बादल र टोपबहादुर जस्ता नेताहरु एमालेमा गएर ढुक्क भएको बताउँदै तिनीहरु माओवादी केन्द्रमा भए पार्टीको हालत कमजोर हुने बताए ।

बहुपहिचानको पक्षमा पार्टी सदैव अग्रस्थानमा रहेको हुँदा अब माओवादी पार्टी जनता समक्ष राम्रा काम गरेको र गर्नुपर्ने सुझाव संकलनमा आएको पनि बताए ।

पार्टी इलाम जिल्ला इन्चार्ज समेत रहेका साँवाले केन्द्रीय सदस्य गाउँगाउँमा, प्रदेश सदस्य वडा, वडामा, जिल्ला सदस्य टोल–टोलमा र गाउँ सदस्य जनतासँग छलफल गर्न जुटेको बताउँदै बढे नेताको वरिपरि कुदेर गाउँ रित्तो नपार्न कार्यकर्तालाई सुझाव दिए ।

अर्का केन्द्रीय सदस्य हरिकुमार रानाले परिवर्तनको अन्तिम लडाई माओवादीले गरेको बताए ।

उनले हामी गाउँ बसेर केन्द्र पठाएका नेताहरु विशेष गरी एमालेभित्र रहेको हुँदा त्यसो नगर्न र त्यस्तो सिको नगर्न पनि कार्यकर्ताहरुलाई सुझाव दिए ।्

इलाम सहइन्चार्ज कान्छा लावतीले कांग्रेस, एमाले जस्तो चरित्र माओवादीले बोक्ने हो भने माओवादीको संगठन अगाडि बढ्न नसक्ने बताउँदै फरक, भिन्नता, जनमुखि कार्य, विकासमा निगरानीता आवश्यक रहेको बताए ।

पार्टी नगर अध्यक्ष भक्त लुङ्गेलीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सदस्य धनकुमारी राई, राम सञ्जेल, दिपक सेन्चुरी, पवन किराती, पवन राई लगायतले आ–आफ्नो विचार राखेका थिए ।

नमूना सामुदायिक वनको भवनमा आयोजित कार्यक्रममा उपस्थित कार्यकर्ताले लोकप्रिय कार्यक्रम ढिलो आएको कारण कार्यकर्ताहरुको चित्त दुखाईको सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार