जसपाले फेर्‍यो झन्डा र लोगो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो झन्डा र लोगो परिवर्तन गरेको छ ।

भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनमा सहभागी प्रतिनिधिहरूको मागबमोजिम पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको प्रचार विभागले जनाएको छ ।

विधान अधिवेशनमा १० वटा समूह बनाई विधानमा दफावार छलफल गरिएको थियो, जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झन्डा फेर्नुपर्ने माग राखेका थिए ।

यस अघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभूमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ । त्यस्तै यस अघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनुसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार