जनयुद्ध दिवस : झापाको दोमुखामा पूर्वजनमुक्ति सेनाको पुनर्मिलन कार्यक्रम

झापा : आज फागुन १ गते २८ ‍औं जनयुद्ध दिवस । जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दियो भने नेकपा (माओवादी केन्द्र) र जनसंगठनले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका छन् ।

यसैबीच पूर्वजनमुक्ति सेना नेपालले झापाको शिवसतासी नगरपालिका १० स्थित दोमुखामा प्रदेश १ स्तरीय भेला तथा पुनर्मिलन कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । पूर्वजनमुक्ति सेना नेपाल प्रदेश १ समितिको आयोजनामा जनयुद्ध दिवस तथा जनसेना पुनः मिलन कार्यक्रम भएको हो ।

जनमुक्ति सेना नेपाल प्रदेश १ का अध्यक्ष बिमल राईको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन उड्यय मन्त्री सुदन किराँती, १ नम्बर प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्य, संविधानसभा सदस्य किरण राई, प्रदेशसभा सदस्य गिता तिमसिना लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

शसस्त्र जनयुद्धमा लागेका जनसेनाहरु अस्थायी सिविरबाट घर फर्केपछि भेटघाट नभएको अवस्थामा पुनः मिलन गरेर जनयुद्ध दिवसमा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको जनयुद्ध प्रतिष्ठान नेपालका प्रदेश १ अध्यक्ष विकास राई ‘संसार’ ले बताए ।  उनका अनुसार जनसेनालाई पुनः समाजमा स्थापित बनाई अहिलको राजनीतिक व्यवस्था बलियो बनाउने उदेश्यले पार्टीका नेतासहितको उपस्थितिमा जनयुद्ध दिवसमा पुनः मिलन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका ९ सय बढी जनयुद्धमा सहभागि जनसेनाको उपस्थिति रहेको थियो ।

जनयुद्ध दिवसमा नेपाल सरकारले सार्वजनीक बिदा दिएपछि उपस्थित जनयुद्धमा सहभागि जनसेनाहरु खुशि भएका थिए । कार्यक्रममा बोल्दै जनयुद्धमा जनसेनाको कमिसार भई काम गरेका संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन उड्यय मन्त्री सुदन किराँती पूर्वदेखि पश्चिम नेपालसम्म जनयुद्धको पदमार्ग निर्माण गरि युद्ध संग्रहालयको रुपमा बिकास गर्न आफु लागि परेको बताए । उनले भने–‘जनयुद्धमा लडाइ भएको युद्धस्थल र जनसेना बसेको अस्थायी सिविरहरु संग्रहालयको रुपमा विकास गर्न नेपाल सरकार लाग्छ ।’

मन्त्री किराँतीले जनसेनाको आवश्यकता अझै नसकिएको तर भुमिका फेरिएको बताए । जनसेनालाई समाजमा स्थापित गरि अहिलको सरकारबाट सम्मानजनक बाच्न पाउने व्यवस्था गर्न प्रधानमन्त्री पनि सकारात्मक रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश १ का वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्यले जनयुद्धमा लड्ने जनसेनालाई गणतान्त्रिक योद्धा घोषणा गर्नुपर्ने जोड दिए । जनयुद्धमा लडेका जनसेनाको योगदानका कारण देश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले ती योद्धालाई सम्मान गरि राज्यले उपयुक्त व्यवस्थापनका लागि आफुपनि पहल गर्ने मन्त्री आचार्यले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य किरण राईले जनयुद्धको जगमा देश अघि बढेको अवस्थामा जनसेनाको पुनः मिलन र सुभकामना आदनप्रदान कार्यक्रमले राम्रो सन्देश दिएको बताए । उनले भने–‘जनयुद्धको जगमा देश अघि बढेको तर योद्धा चाही अभावमा बाच्नुपर्ने बाध्यता अन्त्य गर्न राज्यले सहि सम्बोधन गर्नुपर्ने र आफु पनि पहल गर्नछु । कार्यक्रममा प्रदेशसभा सदस्य गिता तिमसिनाले प्रतिक्रान्तिको संभावना अधिक रहेकाले हुने प्रतिक्रान्ति रोक्न जनसेनाको महत्व अझै रहेको बताइन् ।

उनले भनिन्–‘बोल्न नपाउने शासनको अन्त्य गरि सबै खुलेर बोल्ने, लेख्ने र व्यवसाय गर्ने व्यवस्था विरुद्ध प्रतिक्रान्तिको सम्भावना रहेकाले त्यस बिरुद्ध लड्न जनसेनाको आवश्यकता रहेको बताइन् । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बाङ मिक्सोले जनताका अधिकार स्थापित गर्न लडेका जनसेनाको गाँसबासको व्यवस्थाका लागि पार्टीका नेता र सरकारले पनि सम्बोधनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र सर्मा रमनले जनसेनाको आवश्यकता रहेको अझैपनि रहेको बताए । उनले भने– हिजो हामीलाई युद्ध लड्न चातिम र हतियार आवश्यकता रहेको थियो अब गाउँमा पुनस्थापित भएर जनतालाई अहिलेको व्यवस्थाबारे बुझाउने नयाँ योजनाका साथ अघि बढ्नुपर्छ ।’ कार्यक्रममा एमालेका सुनसरी नेता हिमाल सुवेदी, वैज्ञानिक समाजवादी पार्टीका आसिस लिम्बु, विप्लव नेतृत्वको नेकपाका दिपेश राईले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जनमुक्ति सेना नेपालका बटालीयन कमाण्डर नर बहादूर तामाङ नारदले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार