
हो, सँधै झैँ यो वर्ष पनि गत १० माघदेखि १६ गतेसम्म नेपालमा सहिद सप्ताह मनाईयो । जुन काम हरेक वर्ष कर्मकाण्डी ढंगले वर्षैपिच्छे मनाईने गरिन्छ । भनिन्छ नेपालमा औपचारिक रुपमा सहिद दिवस मनाउने क्रम विसं २०१२ सालदेखि थालिएको हो । सुरुमा चार सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्दलाई सहिदको मान्नयता दिईएको थियो भने, टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतचाहिँं नेपालका जिउँदा सहिद मानिएको हो । जबकि टुँडीखेल, नेपाली सेनाको मुख्यालय र भद्रकाली मन्दिर नजिक निर्माण गरिएको सहिद गेटमा सबैभन्दा माथि राजा त्रिभुवनको शालिक राखिएको छ । त्यसपछि चार सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्दको शालिकलाई चारैतिर फर्काएर राखिएको छ । हुनत राजा त्रिभुवनको शालिकलाई त्यहाँ राख्न साँच्चै जरुरी थियो त ? अहिले पनि प्रश्न गर्न नसकिने होइन ।
स्वर्गीय धर्मरत्न येँमी/यमीले आफ्नो किताव ‘नेपालका कुरा’मा लेखेअनुसार त्यो वेलाको कानुनअनुसार ‘मान्छेहरुमा बाहुन जात र जनावरहरुमा गाई ! काट्न नहुने हुनाले मात्रै’ टंकप्रसाद आचार्य, रामहरि जोशीलगायतले नयाँ जीवन पाएका हुन्, जिउँदा सहिद हुन पाएका हुन् । हुन पनि श्री ३ महाराज जंगबादुर राणाले विसं १९१० मा बनाएको मुलुकी ऐन (कानुन) मा ‘मान्छेमा बाहुनलाई र जनावरमा गाईलाई काट्न/मार्न नपाइने’ व्यवस्था गरिएको थियो भने गाई (२०७२ को संविधानपछि त गोरुलाई पनि !) लाई त आजभोलि पनि काट्न/मार्न पाईदैन । जबकि श्री ३ महाराज जंगबहादुर राणाले विसं १९१० मा बनाएको मुलुकी ऐन (कानुन) मा गोरुका बारेमा के हुने ? केही उल्लेख गरिएको थिएन ।
जे भए तापनि विसं १९९७ मा मरेर जाने सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द मरेर गएका सहिद थिए-भए भने टंकप्रसाद आचार्य, रामहरि जोशी लगायत जिउँदा सहिद भए । उनीहरुले त्यो वेला एकसय चारवर्षे एकतन्त्रीय र निरंकुश राणाशासनका विरुद्ध विगुल फुकेका थिए, यसमा कसैको दुई मत रहेन । तर एकसय चारवर्ष लामो राणा शासनका सुत्रधार जंगबहादुर राणालाई आजभन्दा १४६/४७ अघि नै जंगबहादुरलाई हाँक दिँदा एक जना लगन थापामगर भन्ने मान्छेले पहिलो पटक सहादत प्राप्त गरेका थिए । के उनी नै नेपालका प्रथम सहिद हुनु पर्थेन ? किन उनी ऊ वेलै प्रथम सहिद भनी सरकारबाट घोषित हुन सकेनन् ? त्यसैले यो छोटो लेखमा लखन थापामगर को हुन् ? उनी कहाँ जन्मेका थिए, के गर्थे, किन सहिद भए ? आदिका बारेमा केही चर्चा गरिने छ ।
गोर्खा जिल्लाको बुङकोट, काहुले भङ्गारमा विसं १८९१ मा जन्मिएका लखन थापामगर विसं १९११ मा २० वर्षको उमेरमा उनका पिता पूर्खाले जस्तै मगरहरुको पल्टन (पुरानो गोरख गण) मा सेनामा क्याप्टेन पदमा भर्ती भएका थिए । सन् १९१४ मा भारतका विभिन्न राज्यमा (त्यो वेला धेरै भुरे-टाकुरेदेखि लिएर ठूलठूला राज्यहरु स्वतन्त्र देश रहेको थियो ) बेलायतीहरुले खडा गरेको कम्पनी सरकारको सैनिकविरुद्ध भारतीय सैनिकहरुले ठूलो विद्रोह गर्यो । अंग्रेज सैनिकविरुद्ध भारतीय सैनिकले गरेको सो विद्रोहलाई अंग्रेज सैनिकहरुले मात्रै दवाउन नसकेपछि नेपालका शासकहरुलाई सहयोगका लागि आग्रह गरियो । त्यसपछि अंग्रेजहरुलाई खुसी पार्ने मौका यही हो भनी श्री ३ महाराज जंगबहादुर राणा आफै नेपाली सेनाको नेतृत्व गर्दै २५ पल्टन नेपाली सेनाको डप्mफा लिएर भारतको लखनऊतर्फ लागे । जसमा मगरहरुको पल्टन (पुरानो गोरख गण) मा रहेका लखन थापामगर, जयसिंह चुमीमगर, कालीबहादुर गणका श्रीपद गुरुङ आदि सैनिक अधिकृतहरु सामेल थिए । अंग्रेजविरुद्घ लागेका सैनिक विद्रोह दबाउने नाममा निर्दोष जनतालाई पनि निर्मम ढंगले हत्या गरिएको दृश्य अनि हालसम्म पनि ‘लखनऊ लुट’को नामले परिचति लखनऊका नबाव अलि शाहको दरबारमा रहेका श्रीसम्पत्ति लुट्ने क्रममा देखिएको उच्श्रृं-खलता देखेपछि लखन थापामगरको मनले शान्ति पाएन । खासगरी भारतीय जनताहरुको भारतलाई बेलायतीहरुको पञ्जाबाट मुक्त गर्ने चाहनालाई नजिकैबाट देखे । फलतः लखन थापामगरले भारतबाट फर्केपछि जंगबहादुर राणाको एकतन्त्रीय र निरंकुश शासनका विरुद्ध देवीदेवताका नाममा जनचेतना जगाउन थाले । काठमाण्डौमा जंगबहादुरको अत्याचार र अन्याय बढी रहँदा लखन थापामगर चाहिँ गोरखामा आफ्नै राजद्रोही (हालको भाषामा भन्दा विद्रोही) सरकार गठन गर्नतिर लागे । त्यसको मुख्तियार/प्रधानमन्त्री आपैm बनेर जयसिंह चुमीमगरलाई सेनापति बनाए । उनले सुकदेव गुरुङ, ज्ञान दिलदास र ब्राह्मण कालु लम्साललाई मन्त्री बनाए । यसै क्रममा उनले २ हजार विद्रोही सेनासमेत संगठित गरेका थिए । त्यस लगत्तै जंगबहादुर राणाले लखन थापामगरलाई झुन्ड्याएर मार्ने आदेश दिए । उनलाई झुन्ड्याएर मारिएको दिन थियो ‘-विसं १९३३, फागुन-२ गते ।’
यसरी हेर्दा निर्विवाद रुपमा लखन थापामगरलाई सुरुदेखि राजनैतिक रुपमा नेपालको प्रथम सहिद मान्नुपर्ने थियो । तर, राज्य र राज्य पक्षका मिडिया एवम् बुद्घिजीवीहरुको व्यवहारमा त्यस्तो भएन । अभैm पनि केही अनुदारवादी लेखक र बुद्घिजीवीहरुले लखन थापामगर पनि सहिद हुन् र ? भनी कताकति नाक खुम्च्याउने गरेको देखिन्छ । केही उदारवादी लेखक तथा बुद्घिजीवीहरुले भने, लखन थापामगरलाई प्रथम सहिद भनेर लेख्न थालेका छन्, मान्न थालेका छन् । जुन कुरोलाई राम्रो मान्न सकिन्छ ।
लखन थापामगरलाई राजनैतिक र प्रथम सहिद मान्न मगर जातिको जातीय संस्था ‘नेपाल मगर संघ’ ले २०४६ सालको राजनैतिक परिवर्तनदेखि नै प्रयास थालेको थियो । फलस्वरुप २०५६ साल फागुन ११ का दिन तत्कालीन श्री ५ को सरकारले आधिकारिक रुपमा लखन थापामगरलाई ‘नेपालको प्रथम सहिद !’ घोषणा गरेको पनि हो । तर, उक्त घोषणालाई सरकार (खास गरी कर्मचारीतन्त्र) ले कार्यन्ययन नै गर्न चाहेन । नेपालका मूलधारका भनिएका मिडियाले पनि ‘लखन थापामगर नेपालका प्रथम सहिद’ हुन् भनी समाचार लेख्न प्रचारप्रचार गर्न कञ्जुस्याईँ गरे । अभैm पनि तपाई-हामीले निष्पक्ष भएर हेर्दा अहिलेसम्म पनि नेपालका मूलधारका भनिने (प्रिन्ट मिडिया र अनलाइन न्युज पोर्टल) ले लखन थापामगरलाई प्रमुख विषय बनाएर समाचार, बुलेटिन, फिचर, लेख, आलेख, विशेषांक, ओबिच्युरी, जीवनी आदि सामग्री प्रकाशित गरेको खासै देखिएको छैन ।
तापनि दोस्रो पटक नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको सरकारले विसं-२०७२ मा लखन थापामगरलाई फेरि ‘नेपालका प्रथम सहिद !’ भनी घोषणा गरेपछि चाहिँ प्रथम सहिद लखन थापामगरबो कताकती समाचार, लेख आदि आउन थालेको छ । यसरी लगभग १४४ वर्षपछि बल्ल नेपालका मूलधारे भनिने मिडिया र बुद्धिजीवीहरुको नजरमा पर्न थालेका छन्, प्रथम सहिद ‘-लखन थापामगर ।’