हेप्पी ड्रिम्स चेप्टीमा सांगीतिक कार्यक्रम

  बुधराज लिम्बू
546 Shares

इलाम : इलामको माइ नगरपालिका वडा नम्बर २ चेप्टीमा हेप्पी ड्रिम्स चेप्टी निर्माण कार्य जारी छ । करिब तीन सय रोपनी जग्गामा बन्दै गरेको हेप्पी ड्रिम्स चेप्टीमा जो कोही आइपुग्दा सबै मन लोभिन्छ !

हेप्पी ड्रिम्सको करोडौंको लगानीमा बन्दै गरेको यो पर्यटन लागि उपयुक्त ठाउँ भएले आफुले लगानी गरेको निर्माण व्यावसायी दिनेश शिवाकोटीले बताए ।

चेप्टी घुम्नु आउने आगन्तुक जो कोहि आएर प्राकृति सुन्दरताले भरिएको ठाउँ देखेर आनन्द लिने गर्छन् । चेप्टी नाम सुन्दा नै अचम्म लागेपनि ठाउँमा आइपुग्दा झनै अचम्म लाग्ने आगन्तुकहरु बताउँछन् ।

चारैतिर हरियाली, नजिकै माइखोला, चिसो हावापानी आएर झट्ट हेर्दा जो कोहीको मन लोभाउने चेप्टीमा विभिन्न नेतादेखि कलाकारहरुको आगमन निरन्तर चलिरहेको ।

यसपटक दशैंको अवसरमा कलाकार श्रीकृष्ण नुइटेल (बोके दारी) र रचना रिमालले सयौं दर्शकको उपस्थितीमा वृहत सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार