मूलुक गम्भीर संकटमा फस्दै : अध्यक्ष पालुङ्वा

इलाम : राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्वाले देश हाँक्ने राजनीतिक दलका कारण मूलुक गम्भीर समस्यामा फस्दै गएको बताएका छन् ।

सदरमुकाममा इलाम बजारमा विहीबार आयोजित सभालाई सम्बोधन गर्दै पालुङ्वाले अहिलेका दलहरुले यो संकटबाट देशलाई निकास दिन नसक्ने बताउँदै अहिले देखिएको नागरिकता विधेयकको विषय चुनावी एजेन्डा मात्र भएको बताए ।

पाउनु पर्ने नेपालीलाई नागरिकता दिन केहि नरोक्न तर्क गर्दै पछिल्लो नागरिकताको विवादले राज्य सन्तुलन नै बिग्रदै गएको उनको भनाई थियो ।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा पालुङवाले इलामको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्व सभामुख एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसँग प्रतिष्पर्धा गर्ने जनाइसकेका छन् ।

उनले अबको नर्विाचनमा अहलिे देशमा र जल्लिामा भएको अवस्था हेरेर मतदान गर्न जल्लिाबासीलाई आग्रह गरे । उनले अहलिे सबै देश सक्नतरि लागेका र देश नरहे राजनीत िनरहने भन्दै देश बचाउन अभयिानका रूपमा जनमुक्त िअघ िबढेको बताए । देशलाई बचाउनकै लागि आगामी नर्विाचनमा सबै जनताले सोच्नुपर्ने बेला आएको बताए ।

सभामा पार्टीका उपाध्यक्ष विधु प्रकाश कायस्थले विदेशी ऋणको भारले मूलुक श्रीलंका पथमा जान लागेको टिप्पणी गरे । उनले यसअघि दलहरुले जनमतको सम्मान गर्न नसकेकाले यो अवस्था आएको बताए ।

उनले देश बचाउन संवधिानको रक्षा गर्न अबको नर्विाचनमा सोंचेर मात्र मतदात गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा गाउँगाउँबाट सयौंको संख्यामा नेता कार्यकर्ताहरु सदरमुकाममा भेला भएका थएि ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार