इलाम : नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । मतगणना नसकिदैं अत्याधिक बहुमतका साथ अध्यक्षमा बस्नेत निर्वचित भएका हुन् । भर्खरै सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार बस्नेतले ५ सय ८ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिष्पर्धी डा. देवी क्षेत्री दुलालको ५४ मत मात्र प्राप्त गरेका छन् ।

उपाध्यक्षमा उदयबहादुर राई ४ सय ५० मतका साथ विजयी भएका छन् । बाँकी सबै मत प्रतिष्पर्धीलाई गएपनि राईको मतजति पुग्दैन । उनका प्रतिष्पर्धी याम अधिकारीले १ सय ५ मत मात्र पाएका छन् ।
त्यस्तै सचिवमा उमेश गुरुङले ३ सय ८८ मतका साथ विजयी भएका छन् । उनका प्रतिष्पर्धी प्रकाश अधिकारीले १ सय ७० मत मात्र पाएका छन् ।

त्यसैगरी दुई जना उपसचिव पदमध्ये रविन्द्र सुवेदी ३ सय ३२ मतका साथ विजयी भइसकेका छन् । अर्को एक जना उपसचिवका लागि विष्णुमाया आचार्य (२०४ मत), छवि श्रेष्ठ (१८९ मत), रमेश राई (१४० मत), सन्तराम योङहाङ (१०२ मत) र नरेश तामाङ (६३ मत) प्रतिष्पर्धामा छन् ।

मतगणना नसकिएकाले औपचारिक घोषणा भने भएको छैन । एमालेको दशौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७ सय ६३ मत खसेको थियो ।