नेपाली कांग्रेस इलाममा देउवा–पौडेल काे बलियो ?

  नयाँ बुलन्द
812 Shares

 

इलाम  : नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन इतर पक्ष (देउवा–पौडेल) पक्ष बलियो देखिएको छ । मंगलबार चुनिएका २६ प्रतिनिधि मध्ये १६ प्रतिनिधि संस्थापन इतर पक्षका छन् भने बाँकी १० जना मात्र संस्थापन (देउवा÷निधि) पक्षका छन् । मंगलबार विजयी हुनेमध्ये खुलातर्फ भने ५÷५ जना प्रतिनिधि संस्थापन र इतरपक्षमा निर्वाचित बने । यस्तै, महिला खुलातर्फ तीन प्रतिनिधि संस्थापन इतर पक्षका र संस्थापन पक्षतर्फ एक प्रतिनिधि मात्र निर्वाचित बनेका छन् ।

यस्तै, खस आर्य खुलाबाट एक÷एक जना दुवै पक्षका उम्मेदवार निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ एक प्रतिनिधि संस्थापन इतरबाटै निर्वाचित बनेकी छन् । यस्तै, आदिवासी जनजाति खुलातर्फ संस्थापनतर्फबाट एक र संस्थापन इतरबाट तीन जना निर्वाचित भएका छन् । यस्तै, आदिवासी जनजाति महिलातर्फ संस्थापन इतरबाट तीन र संस्थापनतर्फबाट एक जना, दलिततर्फ संस्थापनतर्फबाट एक जना, अल्पसंख्यक÷अपांगता कोटाबाट संस्थापन इतरबाट एक जना निर्वाचित बनेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली काङ्ग्रेसका २६ महाधिवेशन प्रतिनिधि चुनिएका छन । महाधिवेशन प्रतिनिधि खुुलातर्फ जिल्ला सभापतिका प्रत्यासी डम्बरबहादुर खड्का सर्वाधिक ४ सय ४९ मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन । निर्वाचन समितिका अनुसार तोयानाथ भट्टराई (३६९), बेनुपराज प्रसाईं (३६०), उद्धव पौडेल (२९९), हिमाल मास्के (२९७), प्रेमलाल राई (२५८), देवेन्द्रकुमार राई (२४९), भुपेन्द्र कट्टेल (२४२), श्याम खडगी (२४२) र हरिप्रसाद लुुइँटेल (२४२) मत ल्याएर विजयी भएका हुन ।

महिला खुलातर्फ हरिकला श्रेष्ठ (३७८), खगेश्वरी पौडेल वन्दना (३०३), उत्तमलता श्रेष्ठ (२६८), कमला कट्टेल (२४७) विजयी भएका छन् । खस आर्य खुलातर्फ सञ्जीव ढकाल (२४७) र दुर्गा सुवेदी (१९२) विजयी बनेका छन । खस आर्य महिलातर्फ देउकुमारी कट्टेल (२१२), आदिवासी जनजाति खुलातर्फ ध्रुव राई (२९७), जंगबहादुुर गुरुङ (२७८), सन्तोष गुरुङ (२६४) र धनकुमार आले (२०३) विजयी भएका छन । आदिवासी जनजाति महिलातर्फ चन्द्रकला राई (३६७), मेनुका प्रधान (३०९) र प्रविना राई (२६६), दलिततर्फ जीवन नेपाली (३०३), अल्पसंख्यक÷अपांगता÷मधेसीतर्फ टीकाराम सुुब्बा लाप्चा (३०८) विजयी बनेका छन । यो समाचार तयार पार्दा सम्म क्षेत्र १ र २ को क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिको मतगणना भइरहेको छ ।

जिल्लामा कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नयाँ नेतृत्वका लागि संस्थापन र इतर पक्षको प्यानलमै प्रतिस्पर्धा भइरहेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जिल्ला सभापतिका आकांक्षी ४ नेताले अलग–अलग चारै प्यानल चुनावमा उतारेका छन् । जिल्लामा संस्थापन पक्षको नेतृत्व केशव थापा र डम्बर खड्काले गर्छन् भने संस्थापन इतर पक्षको नेतृत्व हिमालय कर्मचार्य र भेषराज आचार्यले गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार